मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

मुख्यमन्त्री सिंहको निर्देशनमा संयुक्त बजार अनुगमन, म्याद गुज्रिएका सामग्री नष्ट

Ujyalosandeshonline 11564+ समाचार ( )
१३ चैत्र २०८१, बिहीबार

जनकपुर । उत्पादन, वितरण र उपभोगमा खाद्य सुरक्षा तथा स्वच्छता कायम गर्न मधेश प्रदेश  तथा सङ्घ सरकारका संयन्त्रको संयुक्त बजार अनुगमन टोलीले जनकपुरधामको अस्पताल रोडका ९ वटा होटलमा अनुगमन गरेको छ ।

होटलका खानेकुरा स्वस्थ तथा स्वच्छ बनाउन होटलको अनुगमन तथा नियमनलाई निरन्तर एवम् तीव्र बनाउन मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दिएको निर्देशनपछि संयुक्त बजार अनुगमन टोलीले होटल अनुगमनलाई निरन्तरता दिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाम, घरेलु तथा साना उद्योग कार्यालय, जनकपुरधाम र जनकपुर उद्योग वाणिज्य संघका अधिकारी एवम् प्रतिनिधि सम्मिलित टोलीले दर्ता नगरी सञ्चालनमा रहेका पाँच होटललाई दर्ता गराउन निर्देशन दिएको छ । दर्ता गरी सञ्चालन गर्न निर्देशन दिइएका होटलमा शिव भोजनालय, किशोरी भोजनालय, कृष मिठाइ पसल, रामईश्वर होटल र बैष्णव भोजनालय छन् ।  

अनुगमन टोलीले विभिन्न होटलमा फेला परेका म्याद गुज्रिएका सामग्री नष्ट गरेको छ भने भान्साघरको सरसफाइ व्यवस्थापन गर्न होटल सञ्चालकहरूलाई निर्देशन दिएको छ ।

अनुगमन क्रममा ड्यु, स्लाइस, मिरिन्डा र सेवन अप जस्ता म्याद गुज्रिएका पेय पदार्थ नष्ट गरिएको साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख सन्तोष साहले जानकारी दिए । उनले बिग्रेका मिठाई र अखाद्य तेल र डाल्डासमेत नष्ट गरिएको बताए ।  

बिरामीहरूको निकै चाप रहने अस्पताल रोडमा होटलहरूलाई अखाद्य सामाग्री बिक्री नगर्न र भान्साघरलगायत सबै स्थानमा सरसफाइ गर्न तथा ग्राहकहरूसँग राम्रो व्यवहार गर्न अनुगमन टोलीले होटल सञ्चालकलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार