मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

पंचकन्या रूपन्देही सुपरलिगः लुम्बिनी खुकुरी ७ विकेटले विजयी

Ujyalosandeshonline 11564+ समाचार ( )
२० वैशाख २०८३, आइतबार

भैरहवा । भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ ‘ए’ डिभिजनको आइतबारको खेलमा लुम्बिनी खुकुरी क्लबले सानदार जित निकालेको छ । मौसमका कारण २० ओभरमा छोट्याइएको खेलमा खुकुरीले तिरुपति क्रिकेट क्लबलाई ७ विकेटले हराउँदै जित हात पारेको हो । जितका लागि पाएको ८० रनको झिनो लक्ष्य लुम्बिनी खुकुरीले १० ओभर ५ बलमा ३ विकेटको नोक्सानीमा पूरा गर्यो । उसको जितमा निश्चल चौधरीले अविजित २६, सन्दीप रजालीले नटआउट २०, शंकर रानाले १५ र समीर अली मुसलमानले १० रन जोडे । तिरुपतिका तुलबहादुर थापा २ र अपराजित पौडेलले १ विकेट लिए ।

यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको तिरुपतिले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा ७९ रन बनायो । उसलाई सस्तैमा रोक्न खुकुरीका शाहव आलमले ३, बैतुल्लाह खान र अजयकुमार चौहानले २–२ तथा दुर्गेश गुप्ता र सेजाद आलम धोवीले १–१ विकेट लिए । तिरुपतिका आकाश त्रिपाठीले २७ र रौनक श्रीवास्तवले २४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । खेलमा शाहब आलम प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जनाए । प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । यसैगरी सिद्धार्थ उद्योग बाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रविकुमार रौनियार, प्रतीक ट्रेड लिंक र स्थानीय व्यवसायी अमितकुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार