मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

जनप्रतिनिधिले गलत ग¥यो भने फेर्न सकिने यही व्यवस्थामा मात्रै हो : ओली

Ujyalosandeshonline 11564+ समाचार ( )
१५ जेठ २०८१, मङ्गलबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले मतदान गरेर निर्वाचित गरेको जनप्रतिनिधिले गल्ती ग¥यो भने चुनावबाट फेर्न सकिने यही व्यवस्थामा मात्रै भएको बताएका छन् । 

मंगलबार १७ औँ गणतन्त्र दिवसको सन्दर्भमा अध्यक्ष ओलीले शुभकामना सन्देश दिँदै गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र भएको बताएका छन् । ‘आजको दिन एक वंशको विशेषाधिकार अन्त्य गरी नेपाली जनता आफैँले चुनेका प्रतिनिधिबाट शासकीय व्यवस्था तय गरेको दिन हो,’ अध्यक्ष ओलीले भनेका छन्, ‘आफैँले चुनेका प्रतिनिधिले गल्ती गरे उनीहरुलाई चुनावबाट फेर्न यही व्यवस्थामा मात्रै पाइन्छ । कहिलेकाही हामी गलतलाई चुन्न सक्छौँ । तर गलत चुनियो भन्दैमा चुन्ने अधिकार गलत हुन सक्दैन । गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुन्छ । जनताले चुन्न अधिकार नै गलत हो भन्ने यदाकदा सुनिने भाष्य आफैँ गलत छ । हामीले अधिकार पाएका छौँ । सँगै कर्तव्य पनि नभुलौँ ।’उनले अधिकार माग्नेले कर्तव्य पनि ठीक ढंगले निभाउनुपर्नेतर्फ संकेत गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार