मुख्य समाचार
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता | सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पेस | सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु |

मिटरब्याज र लघुवित्त पीडितलाई ठाउँ ठाउँमा अवरोध

Ujyalosandeshonline 11541+ समाचार ( )
११ फाल्गुन २०८०, शुक्रबार

काठमाडौं । चर्को ब्याज लिएर साहुले ढाड सेकेपछि न्यायको खोजीमा काठमाडौं आएका मिटरव्याज, लघुवित्त र सहकारीपीडितलाई प्रहरीले ठाउँ ठाउँमा अवरोध गरेको छ । 

२३ दिन लगाएर सिंहदरबार घेर्न काठमाडौं आइपुगेका पीडितहरूलाई मुलुकको प्रमुख प्रशासकीय निकाय सिंहदारबारमा निषेध गरिएको छ । त्यस्तै भृकुटीमण्डप र वालुवाटारमा पनि प्रहरीले अवरोध गरेको छ । वालुवाटारको राष्ट्र बैंक अगाडि उनीहरुले प्रदर्शन गरेका थिए । 

झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट पैदल हिंडेका मिटरब्याज एव लघुवित्तपीडित पीडित २३ दिनपछि बुधबार काठमाडौं आइपुगेका थिए । 

बिहीबार सिंहदरबार अगाडि गएर प्रदर्शन गर्ने उनीहरुको योजना थियो । तर मौसम प्रतिकुलताका कारण प्रदर्शन रोकिएको थियो । 

शुक्रबार बिहान थानकोटबाट हिँडेका पीडितहरुको टोली भृकुटीमण्डपबाट अगाडी बढ्नै सकेन । नारा लगाउँदै थानकोटबाट टेकु हुँदै सिंहदरबारतिर अघि बढेको टोलीलाई भृकुटिमण्डप नपुग्दै प्रहरीले हस्तक्षेप गरेको थियो । जसका कारण बाघदरबारको बाटो बन्द भएको थियो ।  

पीडितहरू नारा र प्लेकार्डसहित सिंहदरबारतर्फ अघि बढेका थिए । तर उनीहरूलाई प्रहरीले रोकेको थियो । तर उनीहरुले रोकेकै स्थानमा नारा लगाए ।  सिहदरबार जान नपाएपछि मिटरब्याजपीडितहरु सडकमै सुतेका छन् ।

मिटरब्याजविरुद्ध किसान मजदुर संघर्ष समितिको समन्वयमा एउटा समूहले झापाबाट र अर्को समूहले महेन्द्रनगरबाट पैदलयात्रा सुरु गरेको थियो । दुवै टोली चितवनमा भेट भएर सँगै काठमाडौं आएका थिए ।

सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि कानुन संशोधन र जाँचबुझ आयोग गठन गरेपनि आफूहरूको समस्या समाधान नभएको भन्दै पीडितहरू पुनः न्याय खोज्दै काठमाडौं आइपुगेका हुन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार