मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौ : गृहमन्त्री लेखक

Ujyalosandeshonline 12676+ समाचार ( )
२७ पौष २०८१, शनिबार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केही कानुन संशोसन गरेको बताएका छन् । 

शनिबार नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २५ औँ वार्षिक साधारण सभालाई सम्बाधन गर्दै मन्त्री लेखकले सरकारले बढी मुल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लिएको बताउँदै मुलुकमा उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए । 

उनले भने, ‘हिजो रात्री अबेरसम्म बसेर सरकारले महत्वपूर्ण निर्णयहरु गरेको छ ।समृद्धि र आर्थिक विकासका लागि केही महत्वपूर्ण कानुनहरुलाई संशोधन गरेका छौ ।’ चाँडोभन्दा चाँडो कानुन संशोधनका लागि अध्यादेशमार्फत शंसोधन गर्ने सरकारले निर्णय लिएको उनको भनाइ थियो । 

उनले भने, ‘शासकीय सुधारसँग सम्बन्धित कानुनहरु,उद्योग व्यवसाय सहज सञ्चालन हुने कानुनहरु र शुसासनलाई प्रत्याभुत गर्ने कानुनहरु छन् । थप पनि उद्योगहरुको वातावरण निर्माणका लागि सरकारले हमेसा नीजि क्षेत्रसंग मिलेर काम गर्न तयार छ ।’ उनले मुलुकमा लगानीको वातावरण बनाउन गैरआवासिय नेपालीका निमित्त्त महत्वपूर्ण निर्णय गरेको समेत बताए ।

उनले भने, ‘आइटीको क्षेत्रमा विदेशमा समेत सेवा निर्यात गर्न सक्ने व्यवस्था गरेका छौ । विदेशमा सेवा गरेर उद्योगलाई प्रोत्साहित हुने गरि कानुन निर्माणमा सरकार लागेको छ ।’ यसको साथै, उनले कानुन बन्ने तर कार्यान्वयन नहुने समस्यालाई सरकारले सचेततापूर्वक निर्णय गरेको बताए । 

उनले भने, ‘सात दिन भित्र निर्णय गर्ने निर्णय नभए कार्वाहि हुने व्यवस्था गरेका छौ । सात दिन भित्र हुने भए हुन्छ नहुने भए हुदैन भन्ने निर्णय गरिसक्नुपर्ने कानुन बनाएका छौ ।’ उनले सरकारले आर्थिक समृद्धिको बाटोमा देशलाई लैजान कानुन निमार्ण गरेर कार्यान्वयन गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको बताए । 

उनले भने, ‘अब आइटी कम्पनीहरुले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानूनी रुपमा भित्र्याउन सहज हुने कानुन निमार्ण गरेका छौ । ढुक्क भएर तपाईहरु लगानी गर्नुहोस सुरक्षा दिने कुरामा सरकार प्रतिवद्ध छ ।’ उनले सरकारले निजि क्षेत्रसंग सरकार्य गर्न सधै तयार रहेको बताउदै ढुक्क भएर लगानी गर्न आग्रह गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार