मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

गाउँ–गाउँमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण सुरु, रामेछापका नागरिकलाई सहजता

Ujyalosandeshonline 11171+ समाचार ( )
३ भाद्र २०८२, मङ्गलबार

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले नागरिकलाई सहज रूपमा राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन गाउँ–गाउँमै पुगेर परिचयपत्र वितरण र नयाँ विवरण सङ्कलन अभियान सुरु गरेको छ । सोही अभियान अन्तर्गत सोमबारदेखि गोकुलगंगा गाउँपालिका–१ चुचुरेमा बनेका परिचयपत्र वितरण र नयाँ परिचयपत्रका लागि विवरण सङ्कलन सुरु गरिएको हो । यसअघि सुनापति गाउँपालिका र रामेछाप नगरपालिकामा पनि बनेर आएका परिचयपत्र वितरण र नयाँ विवरण संकलनको काम सम्पन्न भइसकेको छ ।

स्थानीय तहमा नै पुगेर परिचयपत्र वितरण र तथ्याङ्क सङ्कलन गरिँदा नागरिकलाई सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । यसले सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सोमबारदेखि गोकुलगंगा गाउँपालिकामा सुरु गरिएको अभियान विस्तारै सबै स्थानीय तहमा पु¥याइने जानकारी दिए । उनका अनुसार हालसम्म रामेछाप नगरपालिकाको वडा नं. १, ३, ४, ५, ६ र ७ मा सो कार्यक्रम सम्पन्न भइसकेको छ । सो क्रममा ६४६ जनाको विवरण सङ्कलन गरिएको छ भने १४१ वटा बनेर आएका परिचयपत्र वितरण गरिएका छन् ।

यसैगरी सुनापति गाउँपालिकामा ५६७ जनाको विवरण सङ्कलन गरिएको छ । परिचयपत्र वितरणसँगै स्थानीय प्रशासन र प्रहरीले सचेतनामूलक कार्यक्रम पनि एकैसाथ सञ्चालन गरेको हुँदा नागरिकले दोहोरो लाभ उठाएका छन् ।

सामाजिक सुरक्षा भत्ता लिन र बैङ्क खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि ज्येष्ठ नागरिक र असक्त व्यक्तिहरू समेत जिल्ला सदरमुकाम धाउनुपर्ने अवस्था आएको थियो । त्यस्तो कठिनाइलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले सेवा गाउँमै पु¥याउने नीति लिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार