मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

एक वर्षे सिँचाइ आयोजना ३ महिनामै सम्पन्न, उदाहरणीय निर्माण व्यवसायी सम्मानित

अनिल नेपाली 141+ समाचार ( )
२६ असार २०८२, बिहीबार

अर्घाखाँची । देशभर अधिकांश निर्माण आयोजनाहरू समयमा सम्पन्न नभएर अलपत्र परिरहेको गुनासो बढिरहेका बेला अर्घाखाँचीका एक निर्माण व्यवसायीले भने एक वर्षको ठेक्का अवधि रहेको सिँचाइ आयोजना २ महिना १८ दिनमै सम्पन्न गरेर उदाहरण प्रस्तुत गरेका छन् ।

लुम्बिनी निर्माण सेवा, सन्धिखर्क-८ का सञ्चालक नारायण पौडेलले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, अर्घाखाँची अन्तर्गतको जरेखोला बगाले पाँचसय फाँट सिँचाइ योजना तोकिएको समयभन्दा करिब ९ महिना अगावै सम्पन्न गरेका हुन् । सन्धिखर्क नगरपालिका-४ र छत्रदेव गाउँपालिका-६ मा रहेको उक्त आयोजनाको सम्झौता २०८१ चैत्र २७ गते भएको थियो भने सम्पन्न गर्नुपर्ने म्याद २०८२ चैत्र मसान्तसम्म थियो । तर, निर्माण सेवाले उक्त कार्य २०८२ असार १३ गते नै सम्पन्न गरी कार्यालयलाई हस्तान्तरण गरेको हो ।

समयअगावै गुणस्तरीय काम सम्पन्न गरेर निर्माण व्यवसायी क्षेत्रको गरिमा बढाएको भन्दै स्थानीयले खुशी व्यक्त गरेका छन् । यसैबीच, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले आर्थिक वर्ष ०८०/८१ मा समयभन्दा अगाडि काम सम्पन्न गर्ने दुई निर्माण व्यवसायीलाई सम्मान गरेको छ । डिभिजन प्रमुख भेषराज भुसालका अनुसार, लुम्बिनी निर्माण सेवा, अर्घाखाँची र भिजन निर्माण सेवा, प्यूठानलाई उनीहरूको उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै सम्मान गरिएको हो । "यस सम्मानले अन्य व्यवसायीलाई पनि समयमै काम सम्पन्न गर्न हौसला मिल्ने विश्वास लिएका छौं," प्रमुख भुसालले भने ।

लुम्बिनी निर्माण सेवाले यसअघि पनि आर्थिक वर्ष ०८०/८१ मा साना-ठूला गरी ११ वटा आयोजना सफलतापूर्वक सम्पन्न गरेको थियो । कार्यालयका अनुसार, जरेखोला सिँचाइ आयोजना बहुवर्षीय ठेक्का अन्तर्गत भए पनि प्रदेश सरकारबाट रकमान्तर भई बजेट उपलब्ध भएकाले भुक्तानीमा समेत सहजीकरण भएको थियो, जसले गर्दा काम छिटो सम्पन्न गर्न मद्दत पुग्यो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार