मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

फरार रहेका यादव ककरहवाबाट पक्राउ

Ujyalosandeshonline 11540+ समाचार ( )
११ वैशाख २०८२, बिहीबार

भैरहवा । पत्रकारलाई दुर्ववहार गरि फरार रहेका दिपेश यादवलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । यादवलाइ बिहिबार ककरहवाबाट पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए ।

दिपेश यादव सहित उनको समूहले भैरहवाका पत्रकार राधेश्याम विश्वकर्मालाइ समाचार संकलनको क्रममा दुर्ववहार गरेका थिए । विश्वकर्माले अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । प्रहरी हिरासतबाट नै फरार भएका यादव अन्तत: प्रहरीको फन्दाम  परेका हुन । 

यादवलाइ पक्राउ गर्न र दोषीको माग सहित लुम्बिनी प्रेस क्लब र नेपाल पत्रकार महासंघले जिल्ला प्रशासन कार्यालयमा २४ घण्टे अल्टिमेटम सहित ज्ञापनपत्र दिएका थिए । सो समयमा पनि यादव पक्राउ नपरेपछी पत्रकारहरुले आन्दोलनको घोषणा गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए । धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष निर्मला शर्मा, वरिष्ठ पत्रकार हरि बहादुर थापा, तिर्थ कोइराला, उज्वल शर्मा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाइ लगायत पेशागत संघ संगठनहरुले ऐक्यबद्धता जनाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार