मुख्य समाचार
तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन | किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर | पाथीभरा | भैरहवाको रोयल कालिङ्गा क्यासिनोमा प्रहरीको छापा: म्यानेजरसहित १९ नेपाली नागरिक पक्राउ | निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल | स्वास्थ्य मन्त्रालयका एक सय त्रियानब्बे पदाधिकारी पदमुक्त | निजामती ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज, सरकारी सम्पत्ति फिर्ता गर्न आग्रह | मर्चवारका चोक र नहरमा फोहोरको डंगुर: महामारीको जोखिम बढ्दै, सिँचाइ प्रणाली नै संकटमा | स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै | मनाङको चामे बजार |

किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर

Ujyalosandeshonline 11187+ समाचार ( )
२३ वैशाख २०८३, बुधवार

गण्डकी । पोखरा महानगरपालिकाले किसानलाई यस वर्ष सात हजार ५०० किलोग्राम धानको बीउ वितरण गर्ने भएको छ ।किसानहरूबाट माग सङ्कलन गरेको महानगरपालिकाले उनीहरूलाई ५० प्रतिशत अनुदानमा धानको बीउ उपलब्ध गराउन लागेको कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो । महानगरभित्रका एक हजार बढी किसानहरूबाट २१ हजार किलोग्राम धानको बीउ माग भएको जनाउँदै उहाँले मागअनुसारको बीउ भने उपलब्ध गराउन नसकिएको बताउनुभयो ।

उहाँका अनुुसार पोखरामा अत्यधिक रूपमा पोखरेली जेठो बुढोको माग हुने गरेको छ । महानगरपालिकाले वितरण गर्न लागेको मध्ये दुई हजार किलो राम धान र अन्य पोखरेली जेठो बुढोको बीउ भएको उहाँले जानकारी दिनुभयो ।महानगरपालिकाले यहीँका किसानबाट प्रतिकिलो दुुई सय रुपैयाँमा धानको बीउ किनेर ५० प्रतिशत अनुदानमा एक सय रुपैयाँमा उपलब्ध गराउने गरेको छ । 

किसानलाई धानको बीउ उत्पादनका लागि प्रोत्साहन गरिँदै आएको जानकारी दिँदै कडरियाले महानगरभित्र वडा नं १३, २३, २६, २९, ३० लगायतका किसानले बीउ उत्पादन गरिरहेको जानकारी दिनुभयो  ।महानगरपालिकाले स्थानीय अनदी, पहेँलेजस्ता धानको संरक्षणका लागि जैविक स्रोत संरक्षण अभियानमार्फत उत्पादित धानको बीउ ल्याएर किसानलाई उपलब्ध गराउने गरिएको पनि शाखाका प्रमुख कडरियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार