मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

शैलुङमा नयाँ प्रजातिको आलुको बिउ उत्पादन

Ujyalosandeshonline 12444+ समाचार ( )
१८ माघ २०८०, बिहीबार

रामेछाप । रामेछापको शैलुङमा रोजिटा जातको पीबीएस दानाबाट आलुको पूर्वमूल बिउ उत्पादन भएको छ ।

दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाको राजभिरमा नयाँ प्रजातिको आलुको बिउ उत्पादन गरिएको हो । स्क्रिन हाउसको ल्याबमा इन–भिट्रोे प्लान्ट वैज्ञानिक विधि अपनाइ पीबीएस दानाबाट रोजिटा जातको नयाँ पुस्ताको आलु बिउ उत्पादन गरेको हो ।

नयाँ जातको आलुको पूर्वमूल बिउ शैलङमा उत्पादन भएको यो दोस्रो पटक हो । यसअघि गतसाल पनि सो ल्याबबाट रोजिटा जातको आलुको मूल बिउ उत्पादन गरिएको स्थानीय अगुवा किसान दावासँबु शेर्पाले जानकारी दिए ।

गत साल सो ल्याबबाट ११ हजार दाना आलुको मूल बिउ उत्पादन भएको थियो । यस वर्ष १८ हजार दाना आलुको मूल बिउ उत्पादन भएको छ ।

आलुको सो मूल बिउ आलुको बिउ उत्पादनको लागि रोपिने छ । त्यसबाट उत्पादन भएको आलु बिउको रूपमा प्रयोग हुनेछ ।

उत्पादित मूल बिउ ग्रेडिङ गरी प्याकिङ गरिएको अगुवा किसान शेर्पाले बताए । सो बिउ प्रतिदान २० रुपैँया पर्ने उनले जानकारी दिए । आलुको बिउ उत्पादन गर्न चाहने किसानले मूल बिउ खरिद गरेर लैजान सक्ने शेर्पाले बताए ।

सो आलुको मूल बिउ उत्पादनको लागि राष्ट्रिय आलु वाली विकास केन्द्र निगालेले प्राविधिक एवं प्लान्ट सहयोग गरेको थियो । त्यस्तै कृषि ज्ञान केन्द्र रामेछापले आर्थिक सहयोग गर्दै आएको छ ।

नयाँ प्रजातिको आलुको बीउ उत्पादन भएसँगै शैलुङमा आलुको उत्पादन पनि बढेको छ । नयाँ बिउमा रोग प्रतिरोधात्मक क्षमता अधिक भएको तथा उत्पादित आलु बिउको रूपमा जाने भएकोले राम्रो मूल्य आउने शेर्पाले बताए ।

शैलुङमा उत्पादित आलुको बीउ शैलुङ क्षेत्र बाहेक रामेछाप जिल्लाका अन्य क्षेत्र र देश भरी नै पठाउने योजनामा स्थानीय किसान लागेका छन् । रोजिटा जातको बिउलाई आलुको दुर्लभ बिउ मानिन्छ । यसमा रोग प्रतिरोधात्मक क्षमता र उत्पादन क्षमता अधिक हुने गर्दछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार