मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रासस 710+ समाचार ( )
३० अशोज २०८३, शुक्रबार

रसुवा । बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका-४ लाङटाङका स्थानीय बासिन्दाहरूको सक्रियतामा पदमार्गको पहिरोभन्दा माथि र रिमिचेभन्दा तल पहिरो गएका स्थानहरूमा श्रमदान गरी मार्ग सुधार गरिएको हो ।

गोसाइँकुण्ड-४ का वडाध्यक्ष डिन्ढुप तामाङका अनुसार स्थानीयवासीको प्रत्यक्ष सहभागितामा पहिरोले बढी क्षति पुर्‍याएका मुख्य-मुख्य ठाउँहरूमा मर्मत कार्य सम्पन्न गरिएको छ । गत भदौ १० गते आएको भीषण बाढीले लाङटाङ प्रवेश गर्ने मुख्य द्वारका रूपमा रहेको स्याफ्रु बजारमा पूर्ण क्षति पुर्‍याउनुका साथै स्याफ्रु जोड्ने सडक पुलसमेत बगाएको थियो ।

मुख्य द्वार र पुल बगाएर आवतजावत ठप्प भएपछि हाल पर्यटक तथा स्थानीय बासिन्दाका लागि वैकल्पिक पदमार्ग सञ्चालनमा ल्याइएको वडाध्यक्ष तामाङले जानकारी दिनुभयो । पदमार्ग मर्मत भएसँगै उक्त क्षेत्रमा आवतजावत सुरक्षित बनेको गाउँपालिकाले जनाएको छ ।

नयाँ तय गरिएको वैकल्पिक मार्गअनुसार अब सदरमुकाम धुन्चेबाट ठूलो भार्खु, सानो भार्खु, ब्राबल, ठूलो स्याफ्रु, पहिरो, बम्बो, रिमिचे र लामा होटल हुँदै दुई दिनको पैदल यात्रामा लाङटाङ पुग्न सकिन्छ । पदमार्ग खुला भएसँगै पर्यटन क्षेत्रमा पुनः उत्साह थपिएको छ ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार