मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

रुपन्देहीको कोटहीमाई गाउँपालिकामा ‘हाई मास्ट लाइट’ जडान, स्थानीय उत्साहित

जैसमोहम्मद खान 74+ समाचार ( )
१४ अशोज २०८२, मङ्गलबार

मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिकाले ‘उज्यालो कोटहीमाई गाउँपालिका’ अभियान अन्तर्गत गाउँपालिकाका विभिन्न चोकमा हाई मास्ट लाइट (टावर लाइट) जडान गरेको छ । भैरहवा–मर्चवार सडकखण्डअन्तर्गत गाउँपालिकाका चारवटा मुख्य चोकमा लाइट जडान गरिएपछि स्थानीय बासिन्दामा खुसी छाएको छ । यसले आवतजावतमा सहजताका साथै व्यावसायिक गतिविधिमा समेत सहयोग पुगेको स्थानीयले बताएका छन् ।

कोटहीमाई–३ का स्थानीय युवा हरिकेश पालले टावर लाइट जडानले नागरिकलाई धेरै फाइदा पुगेको बताउनुभयो । उहाँका अनुसार मुख्य सडकमा जडान गरिएको लाइटले सवारी दुर्घटना न्यूनीकरण गर्नुका साथै रातिको समयमा हुने लुटपाट लगायतका आपराधिक घटना नियन्त्रणमा पनि मद्दत पुग्नेछ ।

स्थानीय व्यवसायी मोहम्मद आरिफ खानले कोटहीमाई गाउँपालिकाको यो कार्य सराहनीय रहेको बताउनुभयो । उहाँले मुख्य चोकहरूमा अत्यधिक भिडभाड हुने भएकाले लाइट जडानले सवारी चालकले स्पष्ट देख्न सक्ने र यसले दुर्घटना न्यूनीकरणमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै, पछिल्लो समय बढिरहेका चोरी तथा लुटपाटका घटनामा समेत कमी आउने उहाँको भनाइ छ । व्यवसायी खानले गाउँपालिकाका अन्य बाँकी चोकहरूमा पनि यथाशीघ्र लाइट जडान गर्न माग गर्नुभयो ।

गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले ‘उज्यालो कोटहीमाई गाउँपालिका’ अभियानअन्तर्गत यो कार्य भइरहेको जानकारी दिनुभयो । रातिको समयमा हुने अन्धकार हटाएर चोक, सडक, मठमन्दिर, स्वास्थ्य चौकी लगायतका सार्वजनिक स्थलहरूमा टावर लाइट, सोलार लाइट लगायतका बत्तीहरू जडान गर्ने कार्य जारी रहेको अध्यक्ष त्रिपाठीले बताउनुभयो ।

हालसम्म वडा नम्बर ३ को मर्यादपुर, वडा नम्बर ५ को मझगावाँ र दुईमोहान तथा वडा नम्बर ७ को परसहवा बजारमा हाई मास्ट लाइट जडान भइसकेको उहाँले जानकारी दिनुभयो । रुपन्देहीको दक्षिण क्षेत्र मर्चवारमा पर्ने कोटहीमाई गाउँपालिकामा ७ वटा वडाहरू छन् । मर्चवार क्षेत्रलाई अन्नको भण्डारका रूपमा पनि चिनिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार