मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

Ujyalosandeshonline 11564+ समाचार ( )
४ फाल्गुन २०८१, आइतबार

भैरहवा । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबार एक विज्ञप्ती जारी गर्दै निगमले पेट्रोलको मूल्य बढेको जनाएको हो । डिजेल तथा मट्टितेलको मूल्य भने घटेको छ ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढ्दा डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको छ । नयाँ मूल्य आजदेखि लागू हुने छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका क्षेत्रमा १६५.४० रुपैयाँ, दोस्रो वर्गका स्थानमा १६७ रुपैयाँ र तेस्रो वर्गका स्थानमा १६८ रुपैयाँ पर्नेछ । यसैगरी डिजेल र मट्टीतेल पहिलो वर्गका क्षेत्रमा १५३.५० रुपैयाँ, दोस्रो वर्गका स्थानमा १५५ रुपैयाँ र तेस्रो वर्गका स्थानमा १५६ रुपैयाँ पर्नेछ ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् भने तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् ।

हरेक १५ दिनमा निगमले  इण्डियन आयल कर्पोरेशनबाट आएको मूल्यसूची अनुसार मूल्य समायोजन गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार