मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

जेन्जी प्रदर्शनमा उत्कृष्ट कार्य गर्ने ६ डीएसपी पुरस्कृत हुने, जनसेवाका कृष्णकुमार चन्द पनि सिफारिसमा

Ujyalosandeshonline 12437+ समाचार ( )
१२ चैत्र २०८२, बिहीबार

भैरहवा । गत भदौ २३ र २४ गते भएको ‘जेन्जी प्रदर्शन’ का क्रममा शान्ति सुरक्षा कायम राख्न र जनधनको क्षति हुनबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने नेपाल प्रहरीका ६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुलाई पुरस्कृतका लागि सिफारिस गरिएको छ।

प्रदर्शनपछि गठित उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन बुझाउँदै उनीहरूको कार्यसम्पादनको उच्च मूल्यांकन गरेको हो। सिफारिस हुनेहरुमा हाल रुपन्देही सूचना अधिकारी समेत  रहेका तत्कालिन जनसेवा वृत्तका डीएसपी कृष्णकुमार चन्द सहित ६ जना सुरक्षा अधिकारी रहेका छन्।

आयोगले बुझाएको सिफारिस सूचीमा तत्कालिन जनसेवा वृत्त (भिड नियन्त्रण र कमाण्डमा सफल) डीएसपी कृष्णकुमार चन्द, प्रहरी एकेडेमीकि डीएसपी चिनिमाया तामाङ, प्रहरी वृत्त, मालीगाउँका डीएसपी सुनिलजंग शाह,जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी हरिबहादुर बस्नेत, प्रहरी वृत्त, कालिमाटीका डीएसपी मधु थापा र प्रहरी वृत्त, ठिमीका डीएसपी नवराज ढुंगाना रहेका छन ।  

आयोगको प्रतिवेदन अनुसार, प्रदर्शनका क्रममा उत्तेजित भिडलाई संयमित ढंगले नियन्त्रण गरेको, आफ्नो कमाण्डमा रहेका कार्यालयहरूमा कुनै भौतिक क्षति हुन नदिएको र सर्वसाधारणको धनजनको रक्षाका लागि अहोरात्र खटिएका कारण उनीहरूलाई पुरस्कृत गर्न लागिएको हो। विशेषगरी संवेदनशील क्षेत्र मानिने कालिमाटी, जनसेवा र ठिमी जस्ता वृत्तहरूमा प्रदर्शनको प्रभाव बढी रहे पनि यी अधिकारीहरूले कुशल नेतृत्व प्रदर्शन गरेका थिए।

नेपाल प्रहरी प्रधान कार्यालयले आयोगको सिफारिस बमोजिम उनीहरूलाई उपयुक्त विभूषण वा विभागीय पुरस्कार प्रदान गर्ने तयारी गरेको बुझिएको छ। यस कदमले फिल्डमा खटिने प्रहरी अधिकृतहरूको मनोबल थप उच्च हुने विश्वास लिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार