मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

एसिया कप क्रिकेट : आज नेपाल र भारतबीच प्रतिस्पर्धा

Ujyalosandeshonline 12437+ समाचार ( )
८ श्रावण २०८१, मङ्गलबार

काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । समूह चरणको अन्तिम खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । 

पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो ।  

समूह ‘ए’को भारत चार अंकसहित शीर्ष स्थानमा छ। भारत निरन्तर जित निकाल्दै अघिल्लो चरण प्रवेश गर्न चाहन्छ । नेपालमाथि अघिल्लो चरण प्रवेशका लागि भारतविरुद्ध जित निकाल्नैपर्ने दबाब छ ।

समूह चरणका दुई खेल सकिँदा नेपाल र पाकिस्तान एक हार र एक जितसहित समान दुई अंकसहित रनरेटका आधारमा दोस्रो र तेस्रो स्थानमा छन् । यो समूहको यूएईले भने खाता खोल्न सकेको छैन। आजै अर्को खेलमा यूएईले पाकिस्तानको सामना गर्नेछ । 

पाकिस्तान यूएईसँग पराजित भएर नेपाल भारतसँग विजयी भए नेपाल सेमिफाइनल प्रवेश गर्नेछ । पाकिस्तान र यूएईको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ भने नेपाल र भारतको खेल मंगलबार साँझ ७ः१५ बजे श्रीलंकाको डम्बुला मैदानमा हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार