नेशनल प्याब्सनको अध्यक्षमा गीता राणा क्षेत्री निर्वाचित

Ujyalosandeshonline 11144+ समाचार ( )
१८ फाल्गुन २०८१, आइतबार

वीरगन्ज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को राष्ट्रिय महाधिवेशन वीरगन्जमा सकिएको छ । महाधिवेशनले गीता राणा क्षेत्रीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ ।

वीरगन्जमा सकिएको महाधिवेशनले ज्ञानेन्द्र मोहन भट्टराई, सुर्य बहादुर अधिकारी, बृजेन्द्र मिश्र, सुबोध डाँगी, कमल बहादुर सिंहलाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको छ । यस्तै उपाध्यक्षमा तिलक बहादुर चौहान, कुमार बहादुर भट्टराई, डम्बर बहादुर कार्की, कुसुम रानाभाट, कृष्ण कुमार उप्रेति, धर्मराज रेग्मी, डा नन्दन यादव चयन भएका छन् । 

यसैगरी, महासचिव पदमा प्रताप बहादुर थापा र कोषाध्यक्ष पदमा कुबेर बस्नेत चयन भएका छन् । त्यस्तै कृष्ण प्रसाद पौडेल, बम देव न्यौपाने उप महासचिव पदमा चयन भएका छन् । त्यस्तै सहकोषध्यक्ष पदमा महेन्द्र पुन र शिवदत्त तिवारी चयन भएका छन् । 

सचिव पदमा अलि महमद अँसारी, राजु रोकाया, राजु पाण्डे, बिक्रम ढुकुछु, प्रकाश गैरे, इन्द्र देव शाह, सन्त बहादुर तामाङ्ग, चुडामणी बुढाथोकी, श्याम बहादुर कुँवर, तेन्जी भोटिया निर्वाचित भएका छन्।

साथै, सदस्यको रूपमा राम प्रसाद अधिकारी, काशीनाथ कोइराला, रामप्रसाद पाण्डे, रविन प्रसाद पौडेल, चन्द्र नारायण मण्डल, राज कार्की, रामकृष्ण विक, मेतिबुल राईन, श्याम पाकी (कौनी), युवराज शाही, गायत्री राना, खेमराज कोइराला, सिता चौधरी, रामबाबु प्रसाद कुशवाहा, रमेश अधिकारी, निता श्रेष्ठ, रामबाबु सिंह कोईरी, ई।विनय श्रेष्ठ, नरायणा प्रसाद ढकाल, राजेश्वर तिवारी, नरेश अचार्य, जीत बहादुर केसीलगायतका नाम पनि सदस्यको रूपमा चयन भएका छन् । 


प्रतिक्रिया

सम्बन्धित समाचार