मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

विकसित नयाँ समीकरणमा कुनै पार्टी एक्लै अघि बढ्न सक्दैन् : माधव नेपाल

Ujyalosandeshonline 12437+ समाचार ( )
२२ असार २०८१, शुक्रबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अहिले राष्ट्रिय राजनीतिमा उलटफेर भइरहेको बताएका छन् । शुक्रबार महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय राजनीतिमा उलटफेर भइरहेको भन्दै यस्तो अवस्थामा आफ्नो पार्टीको खोजी भइरहेको बताए ।

उनले भने, ‘अहिले राष्ट्रिय राजनीतिमा उलटफेर भइरहेको छ । यस्तो बेला हाम्रो पार्टीको माग छ । अहिले कुनैपनि पार्टी एक्लै जानसक्ने अवस्थामा छैनन् । या त एउटा कित्तामा उभिनुपर्छ, या त अर्कोमा उभिनुपर्ने वाध्यता छ । यसबेला सहयोगीहरुको आवश्यता परिरहेको छ । त्यस अर्थमा त्यसमा हाम्रो भूमिका छुट्टै  छ ।’

उनले अहिले राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको भन्र्दै त्यसले प्रदेशमा पार्ने प्रभावबाट कसरी अगाडि बढ्ने भन्ने बारेमा योजना बनाउनु आवश्यक रहेको औंल्याए । नयाँ समीकरणमा सामेल हुने पार्टीहरूसँग पनि छलफल र परामर्श गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । 

नेपालले भने, ‘अहिले राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको छ । यसले केन्द्रमा मात्रै प्रभाव पार्ने छैन, प्रदेश प्रदेशमा पनि प्रभाव पार्नेछ । यस अर्थमा हामीले कसरी अघि बढ्ने हो, यसबारेमा विभिन्न दलहरुसँग पनि वार्ता गर्नुपर्ने छ । नयाँ समीकरणमा सामेल हुने पार्टीहरूसँग पनि छलफल, परामर्श गर्नुपर्ने आवश्यकता छ । कुन ढंगले अघि बढ्ने हो, कस्तो नीति लिने, कस्तो आकार ग्रहण गर्ने, पुरानो सरकार कहिले बिदा हुन्छ, यी सबै कुरा यत्तिकै निष्कर्षमा पुग्दैनन् । यसमा हाम्रो सहभागिता र भूमिका हुने भएकाले यसमा एकजुट भएर अघि बढ्नुपर्ने अवस्था छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार