मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

इनिशा बिक हत्याकाण्डको दोषीलाई कारबाही नभए देशव्यापी आन्दोलनको चेतावनी

Ujyalosandeshonline 12431+ समाचार ( )
१ चैत्र २०८२, आइतबार

भैरहवा । सुर्खेत जिल्लाको गुरुवाकोट नगरपालिका–१६ बडाखोलाकी १६ वर्षीया इनिशा बिकमाथि भएको जघन्य अपराधको घटनाप्रति नेपाल विश्वकर्मा समाज जागरण अभियानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

अभियानका संयोजक बिनोद रसालीले एक वक्तव्य जारी गर्दै उक्त घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको बताएका छन्। उनले पीडित परिवारलाई न्याय दिलाउनका साथै उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

संयोजक रसालीले दोषीलाई कडा कानुनी कारबाही गरिनुपर्ने र आवश्यक परे कानुन संशोधन गरेरै भए पनि भविष्यमा यस्ता अमानवीय घटनाहरू दोहोरिन नदिने व्यवस्था गर्नुपर्ने बताएका छन्। साथै, यस्तो जघन्य अपराधमा संलग्न दोषीमाथि मृत्युदण्डसम्मको व्यवस्था गरिनुपर्ने माग समेत अभियानले अघि सारेको छ। समयमै दोषी उपर कारवाही नभए अभियानले देशव्यापी आन्दोलनको चेतावनी समेत दिएको छ । यसरी आन्दोलनबाट हुने जनधनको क्षतिको जिम्मेवारी राज्यले लिनुपर्ने अभियानक संयोजन रसालीले बताए । 

अभियानले यस दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ। साथै, शोकाकुल परिवारलाई यो असह्य पीडा सहन सक्ने शक्ति मिलोस् भन्ने कामना समेत गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार