मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

शिक्षण क्षेत्रका अनुभवी त्रिपाठी क्याम्पस अध्यक्षको दौडमा

Ujyalosandeshonline 12437+ समाचार ( )
२२ वैशाख २०८२, सोमबार

कपिलवस्तु । करिब तीन दशकदेखि शिक्षण क्षेत्रमा क्रियाशील रहँदै आएका सच्चिदानन्द त्रिपाठीले कपिलवस्तु जिल्लाको प्रतिष्ठित शैक्षिक संस्था कपिलवस्तु बहुमुखी क्याम्पसको सञ्चालन समिति अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन ।

क्याम्पसको यही बैशाख २७ गते हुने निर्वाचनलाई लक्षित गर्दै त्रिपाठीले हिजो आयोजित बन्द सत्रमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गरेका हुन् । उहाँ शुद्धोधन गाउँपालिका–१ मा रहेको सनलाइट इङ्ग्लिश बोर्डिङ स्कूलका सञ्चालक समेत हुन् ।

त्रिपाठीले शिक्षण पेसामा प्राप्त अनुभव र व्यवस्थापन क्षमतालाई आधार बनाउँदै आफू क्याम्पसको नेतृत्व गर्न सक्षम रहेको दाबी गरेका छन् । उहाँले क्याम्पसको सुधार, पारदर्शिता, प्राविधिक शिक्षा सञ्चालन, न्यून शुल्कमा गुणस्तरीय पठनपाठन, र नियमित तलब व्यवस्थापनजस्ता ११ बुँदे एजेन्डा सार्वजनिक गरेका छन् ।

उहाँका अनुसार:

१.त्रिपाठी स्नातकोत्तर तहसम्म अध्ययन गरिसकेका छन् ।

२.शिक्षण पेशामा करिब ३० वर्षको निरन्तर अनुभव राख्छन्।

३.शिक्षण नै मुख्य व्यवसाय बनाएका छन् ।

४.उहाँको छवि गैरराजनीतिक र स्वच्छ रहेको छ।

५.शैक्षिक संस्थाको व्यवस्थापनमा अनुभवी छन्।

६.नि:स्वार्थ समाजसेवी भावना बोकेका छन्।

७.क्याम्पसको पुनरुत्थान र सुधारमा दृढ छन्।

८.प्राविधिक शिक्षा सुरु गर्ने योजना अघि सारेका छन्।

९.न्यून शुल्कमा शिक्षाको पहुँच पुर्‍याउने सोच छ।

१०.प्राध्यापक, कर्मचारीको नियमित तलब सुनिश्चित गर्ने अठोट छ।

११.क्याम्पसलाई विशुद्ध शैक्षिक थलो बनाउन चाहन्छन्।

उहाँको उम्मेदवारीसँगै क्याम्पसमा प्रतिस्पर्धा चर्किएको छ भने विद्यार्थी, अभिभावक र शैक्षिक वृत्तमा नयाँ नेतृत्वप्रति अपेक्षा पनि बढेको देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार