मुख्य समाचार
पर्वतमा नदीजन्य पदार्थ उत्खनन्मा तीन महिना रोक | सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ | बाजुरामा साइबर अपराध, बाल विवाह र बाल यौन दुर्व्यवहार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न | सांसद पौड्याल | घुस लिएको अभियोगमा मुद्दा दायर | जनकपुरधामलाई व्यवस्थित सहर बनाउन सुरु | ओमसतियामा गाउँपालिकाको आधुनिक प्रशासनिक भवनको शिलान्यास | एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत | आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो |

सिरहामा लागुऔषध र अवैध रकमसहित पाँच जना पक्राउ

Ujyalosandeshonline 11573+ समाचार ( )
५ जेठ २०८२, आइतबार

सिरहा । सिरहामा लागुऔषध कारोबार तथा अवैध रकम ओसारपसारमा संलग्न पाँच जना विभिन्न स्थानबाट पक्राउ परेका छन् । प्रहरीले गोप्य सूचनाको आधारमा विशेष अपरेशन संचालन गर्दै ठूलो मात्रामा खैरो हिरोइन, अवैध नगद तथा मोबाइल बरामद गरेको हो । 

लहान नगरपालिका–१२ स्थित भोटिया टोलबाट जिल्ला प्रहरी कार्यालय सिरहा र लागुऔषध नियन्त्रण ब्युरो गोलबजारको संयुक्त टोलीले को ५ प ६९२७ नम्बरको पल्सर मोटरसाइकलमा सवार दिनेश कुमार यादव (३२) र उनकी बहिनी किरण कुमारी यादव (२६) लाई नियन्त्रणमा लिएको हो ।

चेकजाँचका क्रममा दिनेशको साथबाट २२.९० ग्राम खैरो हिरोइन, रु ५१,४५० नगद, र एक थान मोबाइल फेला परेको प्रहरीले जनाएको छ । त्यसपछि दिनेशको लहान–२२ स्थित घरमा गरिएको खानतलासीमा थप १८६ ग्राम खैरो हिरोइन, रु ५४,१४,२८५ नेपाली रुपैयाँ, रु ३५,७८० भारतीय रुपैयाँ, चार थान मोबाइल र एक थान डिजिटल तराजु फेला परेको थियो । 

त्यसैगरी बरियारपट्टी गाउँपालिका–३ चमार टोलबाट चेकिङ्गका क्रममा प्रहरीले भारतको लदनियाबाट आएका दुई युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ । कृष्ण कुमार यादव (२०) र निरज राय (१९) को साथबाट ७१० मिलिग्राम खैरो हिरोइन फेला परेको हो । 

उक्त दिन सिरहा नगरपालिका–२ स्थित महाबिर चोक नजिक भारतको जयनगरबाट आएका सञ्जय कारक (४५) लाई समेत प्रहरीले शंका लागि चेकजाँच गर्दा उनको कम्मर र घुँडामा लुकाइ ल्याइएको रु १६,३८,००० नेपाली रुपैयाँ र रु २३० भारतीय रुपैयाँ (ने.रु.३७० बराबर) सहित एक थान मोबाइल फेला पारी नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार ती सबै व्यक्तिहरूमाथि लागुऔषध कारोबार र अवैध सम्पत्तिसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ । प्रहरीले लागुऔषध कारोबारविरुद्ध निगरानी र निगरानी कडा पारिएको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार