मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |

गगने भीरमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

Ujyalosandeshonline 12433+ समाचार ( )
१ अशोज २०८२, बुधवार

सुर्खेत । रातभरीको अवरल बर्षाका कारण कर्णाली राजमार्गको गगने भीरमा पहिरो खसे पछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कर्णाली राजमार्गको कालिकोट खण्डको गगने भीरमा मंगलबार राति पहिरो खसे पछि राजमार्ग अवरुद्ध भएको हो । 

असार यता गगने भीरमा २८ पटक पहिरो खसेको छ भने राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ति भोग्नु परेको छ । वर्षा हुने बित्तिकै गगने भीरमा लेदो र ढुङ्गा खस्ने भएकोले राजमार्ग अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख डिएसपी टेक रावतले बताए ।

‘गगने खोलामा नियमित पहिरो गएपछि बटो खुलाउन कठिन भएको छ’ उनले भने, ‘वर्षा रोकिए पछि बाटो खुलाउने गरि पहल भई रहेको छ ।’ बिहानैदेखि राजमार्ग खुलाउन प्रयास गरिए पनि माथिबाट पुन पहिरो खस्न थालेपछि अहिले काम रोकिएको उनले बताए । 

पहिरो पन्छाउन जेसीभी मेसिन लगाइसकेको र वर्षा नरोकिए पछि राजमार्ग खुलाउन समस्या भएको उनको भनाई छ । राजमार्ग अवरुद्ध भएपछि सुर्खेत जाने गाडी हुल्ममा र सुर्खेतबाट आएका गाडी मालाचौरमा रोकिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार