मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

प्रधानमन्त्रीको चीन भ्रमणका लागि दुई दलीय संयन्त्र बनेको होईन् : उपमहासचिव ज्ञवाली

Ujyalosandeshonline 12437+ समाचार ( )
२४ कार्तिक २०८१, शनिबार

काठमाडौं । नेकपा एमालेले सिंगो पार्टी पंक्तिलाई मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा सिफारिस उम्मेद्वारको नाम अनुमोदन गरेको छ । 

शनिबार बसेको एमाले सचिवालय बैठकले एमालेको तर्फबाट सिफारिस भई आएको उम्मेदवारको नाम पनि अनुमोदन गरेको र सिङ्गो पार्टी पंक्तिलाई उपनिर्वाचनमा एमालेको विजयीका निम्ति परिचालन हुन आह्वान गर्ने पनि निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले भने, ‘उपनिर्वाचनमा नेकपा एमालेको तर्फबाट सिफारिस भई आएका,प्रदेश कमिटीले निर्णय गरी पठाएका उम्मेद्वारको नाम अनुमोदन गर्ने काम गरेको छ र सिङ्गो पार्टी पंक्तिलाई उपनिर्वाचनमा एमालेको विजयीका निम्ति सम्पूर्ण सामर्थ्यका साथ परिचालन हुन आह्वान पनि गरेको छ ।’

त्यस्तै, उनले एमाले र कांग्रेसले बनाइएको दुई दलीय राजनीतिक संयन्त्र प्रधानमन्त्रीको चीन भ्रमणका लागि नबनेको दाबी गरे । दुई दलबीच निरन्तर संवाद सहकार्य भइरहने वातावरण निर्माणका लागि वृहत उद्देश्यकासाथ संयन्त्र बनाइएको उनको भनाई छ ।

उनले भने, ‘पहिलो कुरा राजनीतिक संयन्त्र प्रधानमन्त्रीको चीन भ्रमण सफल पार्नका लागि बनाइएको होइन । दुई दलले सरकारको नीतिगत प्राथमिकता र संकल्प भनेर एउटा दस्तावेज तयार गरेका थियौँ, जसमा म पनि थिए ।  सरकारले त्यसलाई आत्मसाथ गरेको छ त्यसको कार्यान्वयनलाई सहजीकरण गर्ने र दुई दलबीच निरन्तर संवाद सहकार्य भइरहने वातावरणका निर्माणका लागि वृहत उद्देश्यकासाथ संयन्त्र बनेको हो ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार