मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

भन्सार छलेर भण्डार गरिएको १ सय ४७ बोरा चिनी बरामद

Ujyalosandeshonline 12431+ समाचार ( )
३२ श्रावण २०८१, शुक्रबार

भैरहवा । भैरहवा भन्सार कार्यालयले भारतबाट भन्सार छलेर भित्राइएको चिनी बरामद गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको सहयोगमा मायादेवी गाउँपालिका–३ स्थित एक घरमा लुकाएर राखिएको अवस्थामा १४७ बोरा (७३५० केजी) चिनी बरामद गरिएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतले जानकारी दिए । बरामद चिनी ५० केजी तौलको बोरामा राखिएको थियो ।

‘हामीलाई प्राप्त सूचना अनुसार चिनी भण्डार गरिएको घरमा पुग्यौँ’, उनले भने,‘बरामद चिनीको बिल बिजक प्रज्ञापन पत्र माग गर्दा प्राप्त नभएपछि नियन्त्रणमा लिएका हौँ ।’

चार लाख ४१ हजार बजार मूल्यबराबरको चिनी बरामद गरेर आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालयमा ल्याइएको उनले बताए । पछिल्लो समय रुपन्देही प्रशासन भन्सार छली विरुद्ध आक्रमक रुपमा उत्रिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार