मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

मेला महोत्सवले देशको अर्थतन्त्रलाई सहयोग पुग्छ : मन्त्री सिंह

Ujyalosandeshonline 11540+ समाचार ( )
१२ पौष २०८१, शुक्रबार

काठमाडौं । उपप्रधान एंव शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेला महोत्सवले देशको अर्थतन्त्रलाई लयमा ल्याउन प्रत्यक्ष रुपमा प्रभाव पार्ने बताएका छन् ।

शुक्रबार भक्तपुरमा मध्यपुर महोत्सव उदघाटन समारोहमा उनले महोत्सवमा सबै मौलिक सामानहरु रहेको भन्दै यसबाट देशको अर्थतन्त्र पनि सुधार हुने बताए ।

यसका साथै, काम गर्ने इच्छा भए देशभित्रै सम्भावना भएको कुरा पनि महोत्सवले देखाउन खोजेको उनको भनाई छ ।  

उनले भने, ‘नेपालमा नै बसेर के गर्न सकिन्छ र भन्ने खालको भाष्य नेपालमा बसेको छ । तर काम गर्ने इच्छा भयो भने सम्भावना प्रशस्त मात्रामा रहेको कुरा पनि यो महोत्सवले देखाउन खोजेको छ । यसको साथै देशको अर्थतन्त्रलाई पनि लयमा ल्याउनको लागि महोत्सवले धेरै ठूलो प्रत्यक्ष रुपमा प्रभाव पार्छ ।’

यस्तै, उनले यो महोत्सवले ठिमिभित्र रहेका सबै मूर्त, अमूर्त सम्पदाहरुलाई विश्वसामु ल्याउन सहयोग गर्ने भन्दै यो सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘मध्यपुर ठिमिभित्र रहेका सबै मूर्त, अमूर्त सम्पदाहरुलाई विश्वसामु चिनाउन, देखाउन, सम्झाउन र बुझाउनको लागि महोत्सव आयोजन भएको छ । महोत्सवको लागि जति मेहेनत गर्नु भएको छ र जुन लक्ष्य राख्नु भएको छ त्यो पूरा हुन्छ भन्ने पूरा विश्वास छ । हाम्रो संस्कृतीहरु जोगाउन महोत्सवले टेवा पु¥याउने विश्वास गरेको छु ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार