मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

बर्दघाटबाट चोरीका सामानसहित तीन जना पक्राउ

Ujyalosandeshonline 12444+ समाचार ( )
१३ कार्तिक २०८१, मङ्गलबार

परासी । पश्चिम नवलपरासीमा चोरीका सामानसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको बर्दघाट नगरपालिका–४ बाढीपीडितस्थित राधा बगालेको घरमा गत असोज २३ गते चोरिएका सामानसहित उक्त चोरीको घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बर्दघाट नगरपालिका-४ का ३७ वर्षीय तीलकबहादुर थापा क्षेत्री र ३४ वर्षीय विजय हरिजन तथा बर्दघाट-१ का २१ वर्षीय अरुण विक रहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट दुई वटा मोटरसाईकल, दुई थान मोबाईल र नगद रु ८ हजार २०० बरामद गरिएको उहाँले बताउनुभयो । असोज २३ गते बाढीपीडितकी राधा बगालेको घरमा कोही नभएको अवस्थामा घरको मूल ढोका च्यानल गेटमा लगाएको तालाफोडी मोवाईल,सुनका गरगहना तथा नगद चोरी भएको थियो ।

घटनाको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय बर्दघाटले स्थानीय तिलक थापा क्षेत्री र विजय हरिजनलाई नियन्त्रणमा लिई चोरीका सामान बरामद गरेको थियो । पक्राउ परेका दुवै जनाले दुई वटा मोटरसाईकलमा चार जनाको समूह गई चोरी गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

उक्त घटनामा संलग्न बर्दघाटकै सुखौराका ३५ वर्षीय दिलसन क्षेत्री फरार रहेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । चोरी गरेको सामानहरु चार जनाले बाँडेर लिएका थिए । पक्राउ परेका तीनै जना विरुद्ध चोरीमुद्धामा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार