मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

मन्थली नगर अस्पतालको नयाँ भवन निर्माण कार्य सम्पन्न

Ujyalosandeshonline 11564+ समाचार ( )
१० माघ २०८१, बिहीबार

रामेछाप । मन्थली नगर अस्पतालको नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ ।नयाँ भवन निर्माण कार्य सम्पन्न भएसँगै नवनिर्मित भवन नगरपालिकालाई हस्तान्तरण गरिएको छ । भारत सरकारको आर्थिक सहयोगमा निर्मित भवन सहरी तथा भवन निर्माण आयोजना मन्थलीले नगरपालिकालाई हस्तान्तरण गरेको हो । 

कार्यालय प्रमुख सुमन सालिकेले मन्थली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवसिंह धामी र निर्माण व्यवसायी सजन श्रेष्ठको रोहवरमा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठलाई भवन हस्तान्तरण गरेका हुन् । 

दुई तले सो भवनमा १५ शैय्याको अस्पताल सञ्चालन हुनेछ । अत्याधुनिक र सुविधा सम्पन्न भवनमा बिरामी र बिरामी कुरुवाका लागि आवश्यक सबै सेवा उपलब्ध हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.केशवसिंह धामीले जानकारी दिए  । अस्पतालमा अन्य सुविधाका साथै दुईवटा सुविधा सम्पन्न क्याबिन रुमको पनि छन् ।     

भारत सरकारको आर्थिक सहयोगमा २०७८ जेठ ३० गते  सो भवन निर्माणको सम्झौता भएको थियो । भवन निर्माणको काम २०८१ मंसिर ३० गते सम्पन्न गर्नुपर्ने थियो । भ्याट सहित  कूल १० करोड १३ लाख रुपैयाँको लागतमा निर्माण सम्झौता भएको सो भवन निर्माणको जिम्मा गाल्वा लाल शुभ मेहेन्दो जेभीले लिएको थियो । 

जिल्ला सदरमुकाममा रहेको एक मात्र सरकारी अस्पताल भएकोले यो अस्पतालमा बिरामीको निक्कै चाप रहेको छ । अहिले साँघुरो भवनमा उपचार र जस्ताको टहरोमा बेड राखे अस्पतालले सेवा प्रवाह गरिरहेको छ । जसले गर्दा स्वास्थ्यकर्मी र बिरामी दुवैले समस्या झेल्दै आएका थिए । 

नयाँ भवन बनेसँगै सेवा प्रवाह सहज हुने अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष रामबाबु घिमिरे बताउँछन् । यसले स्वास्थ्यकर्मी र बिरामी दुवैलाई सेवा दिन र लिन सहज भएको उनले बताए ।  

मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले अहिले नगरपालिकाले सञ्चालन गरिहरेको अस्पताललाई प्रदेश स्तरको अस्पताल बनाउन पहल भइरहेको जानकारी दिए । 

प्रदेश सरकारको नीति तथा कार्यक्रममा मन्थली अस्पताललाई प्रदेश अस्पताल बनाउने घोषणा भइसकेको बताउँदै श्रेष्ठले नयाँ भवन बनेकोले त्यसको आवश्यक व्यवस्थापन गर्न सहज हुने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार