मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

‘आचरणविपरीत काम गर्नेहरूमाथि कारबाही हुन्छ’

Ujyalosandeshonline 12437+ समाचार ( )
१५ माघ २०८०, सोमबार

विराटनगर । नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डिआइजी चन्द्रकुवेर खापुङले आचरणविपरीत काम गर्नेहरुमाथि कारबाही हुने बताएका छन् । प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेपछि सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् ।

नेपाल प्रहरीको कोशी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेका वरिष्ठ प्रहरी अधिकृतदेखि कनिष्ट प्रहरी जवानलाई सुधार्न आफू तयार रहेको डिआइजी खापुङले बताए । त्यस क्रममा उनले आफूमा पनि सुधार गर्नुपर्ने भए त्यो गर्न तयार गरेको बताए ।

कसैले आचरणविपरीत काम गरेर दोषी ठहरिएमा कानुन बमोजिम कारवाही गर्ने उनको प्रतिबद्धता छ । कोशी प्रदेशमा सीमान्त क्षेत्रबाट हुने गरेका चोरी तस्करी, लागूऔषध ओसारपसार र हुण्डी कारोबारलाई कडाइका साथ नियन्त्रण गर्ने डिआइजी खापुङले बताए ।

कोशी प्रदेशको तेह्रथुम घर भएका डिआइजी खापुङले यसअघि २०५६ सालमा जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय बेलबारी, नगर प्रहरी कार्यालय विराटनगरमा प्रहरी निरीक्षकका रुपमा काम गरिसकेका छन् । सेवामा प्रवेश गरेको २३ वर्षपछि उनले डिआइजीको रुपमा कोशी प्रदेश प्रहरी कार्यालयको नेतृत्व सम्हालेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार