मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

‘भारतले नेपालका नदीहरुमा प्रभाव जमाउन खोजिरहेको छ’

Ujyalosandeshonline 11566+ समाचार ( )
५ माघ २०८०, शुक्रबार

काठमाडौं । जलवायु र जलस्रोत क्षेत्रका विज्ञहरुले नेपालको जलस्रोत सम्बन्ध तदर्थवादमा चलिरहेको बताएका छन् ।

शुक्रबार नेपाल भारत १० हजार मेघावट विद्युत व्यापार सम्झौताको विषयमा भएको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले भारतले जलस्रोतलाई भन्दा पनि सम्पूर्ण नदीहरुमा आफ्नो प्रभाव जमाउन खोजेको बताए ।

जलवायु परिवर्तनविज्ञ जगतकुमार भुसाल भारतलाई १० हजार मेघावट विद्युत आवश्यक भएकै थियो भने पहिल्यै अध्ययन गरेको १० हजार ८ सय मेघावाटको योजनामा थपघट गर्दाहुने थियो भने ।

उनले भने,‘भारत आफ्नो रणनीतिक रुपमा विद्युतको नाममा पानीलाई ध्यान दिएर अघि बढिरहेको छ । तर हामीले पानी होईन विजुली भनिरहेका छौं । हामी जलश्रोतको सम्बन्धमा तदर्थवादमा चलिरहेका छौं,’ उनले अगाडि भने,‘नेपालका सबै नदी नालामा सम्झौता भईसकेको छ । कर्णाली मात्र बाँकी थियो तर त्यसमा पनि भारत सरकार पसिसकेको छ । अब सम्पूर्ण नदीहरुमा भारतले आफ्नो प्रभाव क्षेत्रमा लिएर आफूलाई आवश्यक परेको समयमा प्रयोग गर्ने गर्छन् ।’

भारतलाई विजुलीभन्दा पनि पानी चाहिएको भनेर हामीले बुझ्नुपर्ने भुसालको भनाई छ ।

नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक सन्त बहादुर पुनले सरकारले गरेको विद्युत सम्झौत सार्वजनिक गर्नुपर्ने धारणा राखे ।

‘भारतसँग धेरै स्रोतहरु छन् । विद्युत उत्पादन गर्नको लागि पानीको मात्रै आवश्यकता परेको हो । तर नेपालले यो कुरा बुझेको छैन् । हामीले विजुलीको नाममा पानी दिईरहेका छौ । यस्तो सम्झौता गरेर नेपालले भावी पुस्ताहरुको भविष्यलाई सम्झौता गरिरहेका छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार