मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

कांग्रेस युवा नेताले मेचीमहाकाली युवा संकल्प यात्रा गर्ने

Ujyalosandeshonline 11540+ समाचार ( )
१६ कार्तिक २०८१, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीको नेतृत्वमा मेचीमहाकाली युवा संकल्प यात्रा हुने भएको छ । कात्तिक २३ गते झापाको मेचीनगरबाट सुरु हुने यात्रा मंसिर ४ गते महेन्द्रनगरमा पुगेर समापन हुने छ । संकल्प यात्राका दौरानमा तराईका सबै जिल्लामा मुख्य कार्यक्रम आयोजना गरिने शाहीले जानकारी दिए ।

‘यात्रा कांग्रेसका युवा नेताहरुको सामुहिक प्रयास हो । यस यात्राले देशभरका युवाहरुलाई लोकतन्त्र, विधिको शासन, युवाको हकहित र जनअधिकारका पक्षमा ऐक्यवद्धता जनाउँदै समृद्ध नेपाल निर्माणका लागि उद्यमशील बन्न प्रेरित समेत गर्नेछ,’नेता शाहीले भने,‘यात्राले लोकतान्त्रिक मूल्य मान्यताको प्रवर्धन, दण्डहीनताको अन्त्य, भ्रष्टाचारको उन्मुलन, सुशासन,  युवा उद्यमशीलताको प्रवर्धन र राष्ट्र निर्माणको नेतृत्वका लागि युवालाई प्रोत्साहित गर्नेछ ।’

यात्राका दौरान कोशी प्रदेशको मेचीनगरदखि सुदूरपश्चिमको महेन्द्रनगरसम्मका युवाहरुसँग समसायिक राजनीति, भ्रष्टाचार नियन्त्रण, सुशासन, नवप्रवर्तन र उद्यमशीलताका विषयमा छलफल र अन्तरक्रिया गरिने पनि उनले जानकारी दिए ।

यात्राको प्रारम्भिक कार्यतालिका अनुसार २३ गते मेचीनगर, २४ गते इटहरी–मोरङ र सुनसरी, २५ गते लाहान (सप्तरी र सिराहा), २६ गते जनकपुर (धनुषा र महोत्तरी)

२७ गते चपुर (सर्लाही रौतहट), २८ गते वीरगन्ज(बारा र पर्सा), २९ गते भरतपुर (मकवानपुर, चितवन र नवलपुर), ३० गते वुटवल (नवलपरासी,  रूपन्देही र कपिलबस्तु)मा अन्तरक्रिया गरिने निश्चित भइसकेको आयोजकको भनाइछ । त्यस्तै, मङ्सिर १ गते लमही, दाङ, २ गते विरेन्द्रनगर, सुर्खेत, ३ गते कोहलपुर (बाँके र बर्दिया), ४ गते महेन्द्रनगर (कैलाली र कञ्चनपुर)मा संकल्प यात्रा हुने जनाइएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार