मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

सुधारिएको चुलो वितरणका लागि सिद्धार्थनगर नगरपालिका र ट्रेजर कार्बनबीच सम्झौता

Ujyalosandeshonline 12450+ समाचार ( )
२१ फाल्गुन २०८१, बुधवार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र नेपाल ट्रेजर कार्बन लिमिटेडबीच नगरका ग्रामीण तथा परम्परागत चुलो प्रयोग गर्दै आएका घरपरिवारमा सुधारिएको चुलो वितरण गर्न सम्झौता भएको छ । कार्बन कम उत्सर्जन कम गरी जलवायु परिवर्तनको असर कम गर्ने उद्देश्यले स्थापना भएको यो संस्थाले खाना पकाउँदा दाउरा तथा गुईठा प्रयोग कम गर्न सुधारिएको चुलो वितरण गर्छ ।

नगरपालिकामा पनि त्यस्ता घरपरिवारको एकिन गरी सुधारिएको चुलो वितरण गर्न  सिद्धार्थनगर नगर पालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँ र ट्रेजर कार्बन लिमिटेड नेपालका प्रमुख स्टेभेनले सम्झौतापत्रमा दस्तखत गरेका छन्। 

सम्झौतापछि उक्त संस्थाले नगरपालिकाको सहयोगमा सुरुमा परम्परागत चुलो प्रयोग गर्ने घर परिवारको छनौट गर्ने छ। छानौट पश्चात सम्झौताको ६ महिनाभित्र सुधारिएको चुलो वितरण गर्ने लक्ष्य लिइएको संस्थाकी प्रबन्ध निर्देशक समिक्षा बरालले जानकारी दिइन् । उनका अनुसार उक्त चुलोको प्रयोगले ६० प्रतिशत दाउरा तथा गुईठाको प्रयोग कम गर्नेछ। जसबाट कम दाउराको प्रयोगमा छिटो खाना पाक्नुका साथै कार्बन उत्सर्जनमा पनि कमी ल्याउनेछ।

मेयर खाँले नगरवासीको स्वास्थ्यमा सुधार ल्याउने, वातावरण प्रदुषण कम गर्ने एवं खाना पकाउँदा दाउरा, गुईठाको लागत कम गर्ने उद्देश्यले नगरबासीलाई आधुनिक एवं सुधारिएको चुलो वितरण गर्न संस्थासँग सहकार्य गरिएको जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार