मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

खेलाडीलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि प्रशिक्षण

Ujyalosandeshonline 12441+ समाचार ( )
१२ असार २०८२, बिहीबार

काठमाडौं । लागु औषध प्रयोगबारे सचेतना फैलाउन नेपाली खेलाडीहरूलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि एकदिने प्रशिक्षण दिइएको छ । संयुक्त राष्ट्र संघ लागु औषध नियन्त्रण कार्यक्रमले लागु पदार्थको रोकथाम खेलकुद र खेलाडी मार्फत गर्नुपर्ने मान्यता राख्ने गर्दछ । खेलाडीहरूसँग नै यसविरुद्ध लड्ने ठूलो साहश र शक्ति हुने भएकाले उनीहरूलाई यसको रोकथामका लागि अगाडि सारिँदै आएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र लागु पदार्थ तथा एड्सविरुद्ध नेपाल खेलकुद महासंघको संयुक्त आयोजना सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको ओडिटोरियम हलमा आयोजित कार्यक्रममा बुधबार एक दिने प्रशिक्षण आयोजना गरेको हो । नेपालमा असार १२ गते लागु औषधविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ ।

सोही अवसरमा यसको रोकथामबारे अभियान चलाउने उद्देश्यअनुरूप उक्त कार्यक्रम गरिएको एड्सविरुद्ध खेलकुद महासंघका अध्यक्ष ऋषिराज ओझाले जानकारी दिए । उक्त कार्यक्रममा करिब दुई सय जना सहभागी भएको ओझाले जानकारी दिए । लागु पदार्थ दुरुपयोग सम्बन्धि प्रशिक्षणमा न्यार्कोटिकभित्र एन्टी डोपिङ पनि समावेश गरिएको छ । राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका विभिन्न खेलका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीलाई एन्टि डोपिङका बारेमा प्रशिक्षण दिइएको हो । यस प्रशिक्षणमा लागुऔष सेवनले कस्तो असर पर्छ र यसको रोकथामका लागि खेलाडीको कस्तो भूमिका रहन सक्छ आदि विषयबारे कक्षासहित विभिन्न वक्ताले धारणा राखेका थिए ।

उक्त कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, ओलम्पियन तथा धाविका सन्तोषी श्रेष्ठ, युएनओडीसीका हेड अलिरिच मैइजर र नेपाल कराते महासंघका अध्यक्ष युवराज लामालगायतले धारणा राखेका थिए । उक्त कार्यक्रममा सदस्यसचिव घिसिङले भने एन्टी डोपिङका बारेमा सबै खेलाडीले बुझ्नु जरुरी रहेको र यसको सेवनले खेलाडीको खेलजीवनै समाप्त हुनबारे धारणा राखेका थिए । त्यसैले हरेक खेलाडीले यस विषयमा सचेत हुनु पर्ने र यस्ता कार्यक्रम खेलाडीका लागि निकै फलदायी हुने उनको भनाइ थियो ।

साथै उक्त प्रशिक्षणमा एन्टिडोपिङ भनेको के हो ? यसको सेवनले के हुन्छ ? कस्तो अवस्थामा यसको चेकजाँच हुन्छ ? यसले खेलाडीको जीवनमा कस्तो प्रभाव पार्छ र आम सर्वसाधरण जन्तालाई एन्टी डोपिङ बारेमा बुझाउन खेलाडीको कस्तो भूमिका रहन सक्छ आदि विषयबारे प्रशिक्षण कक्षा सहित विभिन्न वक्ताले धारणा पनि राखेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार