मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

जिल्लाबासीलाई मन्त्री भण्डारीको आश्वासन : ‘निराशा हटाउँछु’

Ujyalosandeshonline 11540+ समाचार ( )
३० अशोज २०८१, बुधवार

बैतडी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जिल्लाबासीको निराशा हटाउने प्रतिवद्धता गरेका छन् ।

उनले चुनावताका आफ्नो घोषणापत्रमा लेखिएका कुराहरु क्रमशः कार्यान्वयन गरिरहेको भन्दै रोजगारी सृजना गर्नका लागि स्थानीय स्रोत साधनको उपयोग बढाउनुपर्ने बताए ।

जिल्लाको मेलौली, पुर्चौडी, दोगडाकेदार र दशरथचन्द नगरपालिकामा आयोजित कार्यक्रहरुमा सहभागी भएका मन्त्री भण्डारीले बैतडीमा रहेका सम्भावनाहरुलाई उजागर गरी त्यसको व्यवस्थापनमा लागिरहेको बताए ।

जिल्लास्थित विभिन्न खानी, खनिज, जडीबुटि प्रसोधन तथा व्यवस्थापनमा ध्यान केन्द्रीत गरेको पनि उनको भनाई छ ।

उनले फस्फोराइड खानी, फलाम खानी, सिलेट खानी आदिलाई व्यवस्थीत गरि बैतडीको सिलेट राजधानी पु¥याउने प्रतिवद्धता व्यक्त गर्दै सबै सरोकारवाला मिलेर यसलाई सहज बनाउनुपर्ने बताए ।

मन्त्री भण्डारीले आफ्नो आँखा अगाडिको रोजगारी चिन्न नसक्नु र त्यसको उपयोग गर्न नसक्नु स्वंयमको कमजोरी हुने बताए ।

उनले भने, ‘हाम्रो सिरानीबाट चिहानसम्म पानी बगेको छ । तर सिचाइको अभावमा खेत बाँझो राखेका छौँ । ठाउँठाउँमा सडक पुगेपनि व्यवस्थीत नभएकाले हाम्रा उत्पादनले बजार पाउन मुस्कील छ । सडक सुबिधा भएका ठाउँमा समेत कृषि उपजहरु उत्पादन गरि विक्री गर्ने परिपाटी छैन्, जहाँ जे सम्भावना छ त्यसको उपयोग आफैले गर्नुपर्छ र सरकारी स्तरबाट आवश्यक योजनाको माग गर्नुपर्छ । सडक, सिंचाई, विद्युत, खानेपानी लगायतका पूर्वाधारहरु निर्माण गर्न सरकार लागिपरेको छ ।’

मन्त्री भण्डारीले अल्लोको लोक्ता प्रसोधन स्थानीय स्तरमै गर्नुपर्ने र त्यसको पुर्वाधार खडा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यसका साथै जडिबुटि संकलन, प्रशोधन, प्याकेजिङ, ब्राण्डिङ गर्ने र लघु उद्यम मार्फत रोजगारी श्रृजना गर्ने बताए ।

स्थानीय स्तरमा उपलब्ध स्रोत साधनलाई उपयोग गरी रोजगारी श्रृजना गर्नमा आफुले ध्यान केन्द्रीत गरेको मन्त्री भण्डारीको भनाई छ ।

मन्त्री भण्डारीले हरेक पटक ओरालो लागेको अर्थतन्त्रलाई नेकपा(एमाले) नेतृत्वको सरकारले लयमा फर्काउने गरेकाले वर्तमान समयको आर्थिक संकुचन हटाउने प्रतिवद्धता व्यक्त गरे ।

बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सांसद समेत रहनुभएका मन्त्री भण्डारीले बैतडीलाई सिरमा राखेर कामगर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार