मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको रिंग रोड निर्माणका लागि डिपीआर

Ujyalosandeshonline 12431+ समाचार ( )
१९ चैत्र २०८०, सोमबार

हृदयराम गुप्ता

मर्चवार । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको रिंग रोड स्तरन्नोतीका लागि डिपिआर शुभारम्भ भएको छ । कोटहीमाई–४ तुनिहवा, बोगडी, बगौली, अमवा, मकुन्दगढ, सेमरा, करौता, थुम्हवा, रोइनिहवा दुईमोहान देखि तिनकुने सम्म करीब ५०  किलोमिटर लामो गुणस्तरीय र फराकिलो बाटो निर्मणका लागि डिपिआर शुभारम्भ गरिएको हो ।

लुम्बिनी प्रदेश सरकारद्वारा निर्माण हुने उक्त रिंग रोडका लागि सडक पुर्वाधार विकास कार्यालयले डिपिआर जियो सिभिल ल्याब एण्ड कन्सल्ट प्रा.लि.लाई जिम्मेवारी दिएको छ । शनीबार एक कार्यक्रमका बिच कोटहीमाई ७ तिनकुनेबाट डिपिआर गर्ने कार्य शुभारम्भ भएको हो ।

सडक निर्माण गर्ने समयमा निर्माण स्टेशन, सडकमा बनाउनु पर्ने पुल तथा कलभर्ट, सडक निर्माण गर्दा हटाउनु पर्ने संरचना तथा रुख, सडकको छेउमा जग्गाको अवस्था, सडकको लेन लगायत लाग्ने लागतबारे डिपिआर गर्ने कार्य भइरहेको जियो सिभिल ल्याब एण्ड कन्सल्ट प्रा.लि.का ईन्जिनियर गनेश सापकोटाले बताए ।

पहिलो चरणमा रेखांकन, सडकको अवस्था, सडकमा पर्न सक्ने संचरना र आवश्य पुलहरुको बारेमा डिपिआर र दोस्रो चरणमा सडक निर्माण गर्ने आवश्यक गुणस्तरीयता, २० वर्ष सम्म सडकमा सवारी साधानको चाप, सडकमा सवारी साधानको गति लगायतका बारे अध्ययन गरी २ महिना भित्र सबै काम सकिने इन्जिनियर सापकोटाले जानकारी दिएका छन् । 

कार्यक्रममा बोल्दै लुम्बिी प्रदेशका प्रदेश सभा सदस्य वशीउद्दीन खाँनले रिङ रोड निर्माण पछि मर्चवार पनि सुगम क्षेत्रको रुपमा परिणत हुने बताए । आफुले बाल्यकाल देखि हिडदै आएको उक्त सडकको अवस्था सधै धुलम्मे हुनेगरेको बताए । आफुले मन्त्रीदेखि नै मर्चवारको तीनवटै पालिका जोडने उक्त सडक मर्चवारको आर्थिक रुपले पनि मेरुदण्ड रहेको बताउदै प्रदेशले उक्त सडकलाई गौरवको योजना राखेर बजेट बिनियोजन गराउने उनले बताए । 

रुपन्देही क्षेत्र नं. ४ ‘क’को प्रदेश सभा सदस्य बन्हैया बनियाले रिंग रोड निर्माण पछि आफ्नो सपना साकार हुनुको साथै चुनावी वाचा पनि पुरा हुने बताए । मर्चवारको उत्तर र पश्चिम दुबै तर्फ अन्तर्राष्ट्रिय स्थल रहेपनि सडक संजाल कै अभावले मर्चवारले आर्थिक विकासको गति लिन नसकेको बताए ।

मर्चवारको तीनवटै पालिका भित्रका रहेक वडालाई छुनेगरी बेथरी देखि खैरा सम्म  ४ लेनको सडक र तिनकुने देखि तुनिहवा सम्म २ लेनको रिङ रोड निर्माण पछि मर्चवारको ब्यवसायिक, कृषि साथै हरके क्षेत्रको तिब्र रुपले विकास हुने बताए ।  कोटहीमाई ५ का वडाध्यक्ष संजय कुमार सैनीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई जगन्नाथ प्रसाद कुर्मीले संचालन गरेका थिए 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार