नेपाल प्रहरी खरानीबाट उठेर पुनः नागरिक सेवामा समर्पित छ : प्रहरी महानिरीक्षक

Ujyalosandeshonline 12428+ समाचार ( )
२० माघ २०८२, सोमबार

काठमाडौँ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा प्रहरी निरीक्षक आधारभूत तालिम १-१८३औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ। करिब १९ महिनाको कठोर प्रशिक्षण पूरा गरी दीक्षित भएका नयाँ अधिकृतहरूलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी इतिहासका अनेकौं उतारचढाव र कठिन परिस्थितिका बाबजुद पनि नागरिक सेवामा अनवरत खटिएको बताउनुभयो।

समारोहमा बोल्दै उहाँले प्रहरी संगठन जस्तोसुकै प्रतिकूलतामा पनि धुलो टकटकाएर र खरानीबाट उठेर पुनः नागरिककै सेवामा दत्तचित्त भई आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्षम रहेको स्मरण गराउनुभयो । वर्तमान समयमा अपराधको अन्तर्राष्ट्रियकरण, संगठित अपराधको विस्तार र सूचना प्रविधिको तीव्र विकासले सिर्जना गरेका नवीन चुनौतीहरूको सामना गर्न दीक्षित अधिकृतहरू सक्षम र व्यावसायिक हुने विश्वास उहाँले व्यक्त गर्नुभयो।

महानिरीक्षक कार्कीले प्रहरी आम नागरिकले सुखमा भन्दा दुःख, पीडा र आपतविपतका बेला सम्झिने निकाय भएको उल्लेख गर्दै यो राज्य र नागरिकबीचको सेतु भएको बताउनुभयो। सात दशक लामो इतिहास बोकेको संगठनको सदस्य हुन पाउनु गौरवको विषय भए पनि यससँगै आउने जिम्मेवारी र चुनौतीका दायराहरू फराकिलो रहेको उहाँको भनाइ थियो। उहाँले नवनियुक्त अधिकृतहरूलाई संगठनको साख उच्च राख्दै नागरिकका समस्या समाधानमा सधैं अग्रपंक्तिमा रहेर काम गर्न निर्देशन दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार