मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

सामाजिक सञ्जाल र साइबर सुरक्षासम्बन्धी विधेयक चाँडै : सञ्चारमन्त्री

Ujyalosandeshonline 12441+ समाचार ( )
१७ भाद्र २०८१, सोमबार

काठमाडौंं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकार सामाजिक सञ्जाल संचालन, प्रयोग तथा नियमनसम्बन्धी र साइबर सुरक्षासम्बन्धी विधेयकमाथि काम गरिरहेको बताएका छन् । 

सोमबार राष्ट्रिय समाचार समितिको २४सै घण्टा समाचार सेवा कार्यक्रमको प्रारम्भ गर्दै मन्त्री गुरुङले एकसय दिनमा गर्नुपर्ने कामहरुको सूची सार्वजनिक गर्दै उक्त विधेयकहरुका लागि अर्थ तथा कानून मन्त्रालयसँग समेत सहमति मागिसकेको बताए । 

उनले भने, ‘प्रधानमन्त्रीज्यूले हामीसँग दुईवटा करारनामा गर्नुभएको छ । एकसय दिनमा गरिसक्नुपर्ने कामहरुको सूची दिनुभएको छ । मुख्यगरी सञ्चार मन्त्रालयका ६ वटा काम छन् । सामाजिक सञ्जालको प्रयोग र नियमनसम्बन्धि विधेयक मन्त्रिपरिषद्मा पेश गर्ने, सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी विधेयक, दुरसञ्चारसम्बन्धि विधेयक, राष्ट्रिय आमसञ्चार विधेयक, चलचित्र विधेयक (संशोधन गर्नुपर्ने), सरकारी इमेल प्रयोग सम्बन्धि कार्यविधि तयार गरि छलफलका लागि सार्वजनिक गर्ने भनेर सम्झौता गरिएको छ । यी विधेयकहरुमध्ये पनि सामाजिक सञ्जाल सम्बन्धि विधेयक र साइबर सुरक्षा विधेयक भाद्र मसान्तसम्म पुर्याउनुपर्ने भनिएको छ । अरु कामहरु असोज मसान्तसम्म गरिसक्नुपर्दछ ।’

प्रधानमन्त्री ओलीले ब्रोडब्याण्ड नीतिको मस्यौदा तयार गर्ने, कागज रजिस्ट्रारको अवधारणा कार्यन्वयन गर्न एकिकृत कार्यालय व्यवस्थापन प्रणाली असोज मसान्तसम्म थप ३० वटा कार्यालयमा पुर्याउनुपर्ने सीमा तोकेको मन्त्री गुरुङको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार