मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |

शोकलाई शक्तिमा बदल्ने दृढ संकल्प गरौंः मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12433+ समाचार ( )
२ असार २०८२, सोमबार

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सन्धिखर्क नगरपालिका–१ निवासी नेकपा एमाले लुम्बिनी प्रदेश ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्य नन्दबहादुर आचार्यको निधनले सिङ्गो कम्युनिष्ट आन्दोलनलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।

नेकपा एमालेले सन्धिखर्कमा आयोजना गरेको शोकसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आचार्यको निधनले सिङ्गो कम्युनिष्ट आन्दोलनलाई अपुरणीय क्षती पुगेको उल्लेख गर्नुभयो । मुख्यन्त्री आचार्यले दिवंगत आचार्यले देखेका सपनाहरू पूरा गर्न परिवारका सदस्यदेखि समाज र पार्टी पंक्तिसम्म सबैले दृढ संकल्प गर्नुपर्नेमा जोड दिनुभयो । ‘उहाँको निधनले हामी सबै स्तब्ध भएका छौं । सिङ्गो परिवार, समाज अनि पार्टी पंक्ति अहिले शोकमा छ,’उहाँले भन्नुभयो,‘अब शोकलाई शक्तिमा बदल्दै आदरणीय दाजुले देख्नुभएका सपना पूरा गर्ने संकल्प गर्नुपर्छ ।’

मुख्यमन्त्री आचार्यले दिंवगत आचार्यले साविक अर्घा गाविसको विकास निर्माणलाई उचाइमा पु¥याउन र नेकपा एमालेको संगठनलाई सुदृढ एवं विस्तार गर्न पु¥याउनुभएको योगदानलाई स्मरण गर्नुभयो ।‘परिवारलाई शोक परेको छ । सिङ्गो पार्टी पंक्ति नै शोकमा छ,’उहाँले भन्नुभयो, ‘मेरो बाल्यकालदेखि नै उहाँसँग सम्बन्ध रह्यो । पारिवारिक सम्बन्धले सधैं नजिक भएर सुख–दुःखमा साथ रह्यौं । अहिले दाजुलाई गुमाउँदा अत्यन्त पीडा बोध भएको छ ।’

नन्दबहादुर आचार्य तत्कालीन अर्घा गाविसका कार्यवाहक अध्यक्ष (वि.सं. २०५५) को रूपमा कुशल जनप्रतिनिधिका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँ सन्धिखर्क नगरपालिकाका उपप्रमुख मिश्रा आचार्यका जीवनसाथी हुनुहुन्थ्यो । उहाँको जेठ २५ गते ८२ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार