मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

बुढासुब्बा गोल्डकपको २४औँ संस्करण फागुन २६ देखि

Ujyalosandeshonline 12431+ समाचार ( )
११ फाल्गुन २०८०, शुक्रबार

विराटनगर । प्रतिष्ठित फुटबल प्रतियोगिता अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २४औँ संस्करण फागुन २६ देखि चैत ३ गतेसम्म सञ्चालन हुने भएको छ ।

धरान फुटबल क्लबले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । क्लबका अध्यक्ष प्रताप तामाङले बुढासुब्बा गोल्डकप आइएमई बैंक र क्वालिटी नुडल्सलगायतको प्रयोजनमा हुने जानकारी दिए ।

यसपालि उपाधि विजेता टिमलाई दिइने १० लाख रुपैयाँ पुरस्कार धरान–हङकङ मञ्चलगायत हङकङमा रहेका नेपाली संघ संस्थाहरूले प्रयोजन गर्ने जनाइएको छ ।

यसैगरी, बेलायतस्थित धरान–युके समाजले उपविजेतालाई दिइने ५ लाख रुपैयाँ पुरस्कारको प्रायोजन गर्ने भएको छ । धरान–युके हेल्पिङ हेण्डसले ४ लाख रुपैयाँ र अस्ट्रेलिया, पोर्चुगल, जापान, दुबई, कोरिया, अमेरिका, बहराइन, मकाउ लगायतका नेपालीहरूबाट ३ लाख रुपैयाँ सहयोग हुने क्लबले जनाएको छ ।

यस्तै, धरान उपमहानगरपालिकाले ९ लाख रुपैयाँ, प्रायोजक आइएमईले ५ लाख, कोशी प्रदेश खेलकुद विकास बोर्डले ५ लाख, क्वालिटी नुडल्सको २ लाख प्रयोजन रहने छ । प्रतियोगितामा ६६ लाख ५५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाईज क्लब, श्री स्टार क्लब, धरान फुटबल क्लब, एनआरटी काठमाडौँ, त्रिभुवन आर्मी क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल संघ मोरङ, भारतीय क्लब युकेएफसी सहभागी हुने अध्यक्ष तामाङले बताए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी नगद १ लाख र प्रत्येक खेलको म्यान अफ द म्यान नगद १० हजार पाउने छन् । उत्कृष्ट गोल रक्षक २५ हजार, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मीड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने छ । सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउने छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार