मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |
मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |


चिकित्सा शिक्षा अध्ययनका लागि नाम निकाल्ने विद्यार्थीहरुलाई सम्मान

Ujyalosandeshonline 12431+ समाचार ( )
८ मंगशिर २०८२, सोमबार

भैरहवा । चिकित्सा शिक्षा आयोगद्वारा लिइएको चिकित्सा शिक्षा स्नातक तह (एमईसीईई) २०८२ को प्रवेश परीक्षामा नाम निकाल्न सफल विद्यार्थीहरुलाई सम्मान गरिएको छ । चिकित्सा शिक्षा अध्ययनका लागि सञ्चालित परीक्षा परीक्षामा पूर्ण तथा आशिंक छात्रवृत्तिमा नाम निकालेका विद्यार्थीहरुलाई सम्मान गरिएको हो । त्यस्तै अन्य विभिन्न शैक्षिक कार्यक्रम अध्ययनका लागि प्रवेश परीक्षामा नाम निकाल्न सफल विद्यार्थीहरुलाई पनि सम्मान गरिएको हो ।

राष्ट्रिय वैश्य महासंघ नेपाल एवं नेपाल वैश्य युवा संघ जिल्ला कार्यसमिति, रुपन्देहीले भैरहवामा एक कार्यक्रमका बीच ८ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो । राष्ट्रिय वैश्य महासंघ रुपन्देहीका महासचिव तारकेश्वर कान्दुका अनुसार सम्मानित हुनेमा रोहिणी गाउँपालिका–३ को करुणा गुप्ता, मर्चवारी–७ को श्याम गुप्ता, सिद्धार्थनगर नगरपालिका–६ को कञ्चन रौनियार (बनिया), बुटवल उपमहानगरपालिकाको उमा अग्रहरी, सिद्धार्थनगर नगरपालिका–६ को संध्या जयसवाल, सिद्धार्थनगर–७ को श्रृति महासेठ, कोटहीमाई गाउँपालिका–७ को गोविन्द प्रसाद गुप्ता र सिद्धार्थनगर–६ को कृष्ण बर्नवाल रहेका छन् ।

यी विद्यार्थीहरुलेमध्ये कञ्चन र श्यामले पूर्ण तथा करुणा र श्रृति, गोविन्दले आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल भएको महासचिव कान्दुले जानकारी दिनुभयो । त्यस्तै संध्या बी.डी.एस. अध्ययनका लागि नाम निकाल्न सफल भएकी छन् । त्यस्तै उमाले एमएलटी र कृष्णले बी.फार्मामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् ।

विद्यार्थीहरुलाई प्रोत्साहन गर्न र अध्ययनतर्फ थप हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको नेपाल वैश्य युवा संघ, रुपन्देहीका कोषाध्यक्ष दुर्गा प्रसाद गुप्ताले बताउनुभयो । विद्यार्थीहरुलाई खादा ओढाएर प्रशंसा–पत्र प्रदान गरी सम्मान गरिएको आयोजकले जनाएका छन् ।

राष्ट्रिय वैश्य महासंघ रुपन्देहीका अध्यक्ष अमित कुमार गुप्ताको अध्यक्षता, युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल भैरहवाका एशोसियट प्रोफेसर डा.सुधिर कुमार साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय वैश्य महासंघ रुपन्देहीका सल्लाहकार राजेन्द्र प्रसाद गुप्ता, नरेन्द्र प्रसाद रौनियार, कान्दु वैश्य सेवा समिति लुम्बिनी प्रदेशका संयोजक आनन्द प्रसाद गुप्ता, चन्द्रमोहन पटवा, राष्ट्रिय वैश्य महासंघ रुपन्देहीको जिल्ला उपाध्यक्ष पूर्णिमा रौनियार, कोषाध्यक्ष त्रिभुवन अग्रहरी लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा वक्ताहरुले सफल पाएका विद्यार्थीहरुको उच्च शिक्षा अध्ययन गरिसकेपछि समाज र देशको विकासमा काम जुट्न आग्रह गर्नुभयो । राष्ट्रिय वैश्य महासंघ रुपन्देहीका उपाध्यक्ष जोगेन्द्र अग्रहरीको स्वागत तथा महासचिव तारकेश्वर कान्दुको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल वैश्य युवा संघ रुपन्देहीका उपाध्यक्ष मनोज अग्रहरी, सचिव विष्णु रौनियार, कोषाध्यक्ष दुर्गा प्रकाश गुप्ता, सह–सचिव श्रीचन्द जयसवाल, कार्यसमिति सदस्य राजु जयसवाल लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार