मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

छात्रावासले दुर्गमका विद्यार्थीलाई राहत

Ujyalosandeshonline 12676+ समाचार ( )
४ माघ २०८०, बिहीबार

रामेछाप । रामेछापको दुर्गमा गाउँका विद्यालयहरुमा छात्रावासको व्यवस्था भएपछि विद्यार्थीहरुलाई राहत भएको छ । जिल्लाको दुर्गम हिमाली क्षेत्र उमाकुण्ड गाउँपालिका–१ गुम्देलको महालंगुर माविले विद्यालयमा पढ्ने विद्यार्थीको लागि छात्रावास सञ्चालनमा ल्याएको छ । विद्यालयले यही शैक्षिकसत्रबाट टाढा विद्यार्थीहरुका लागि छात्रावास सञ्चालनमा ल्याएको हो । 

त्यस्तै, उमाकुण्ड गाउँपालिकाको वडा नं २ मा रहेको सिद्धेश्वर मावि बाम्तीमा पनि विद्यालयमा नै छात्रावासको व्यवस्था गरिएको छ । घण्टौँ हिँडेर विद्यालय आउनुपर्ने बाध्यता रहेका विद्यार्थीको समस्याको अन्त्य गर्न विद्यालयमा छात्रावास सञ्चालनमा ल्याएको जनाएको छ । 

बाम्तिमा ‘हिमाली आवासीय आवासीय छात्रावास कार्यक्रम’ अन्तर्गत प्राप्त बजेटबाट छात्रावासको लागि आवश्यक पूर्वाधार निर्माण गरिएको हो । गुम्देलमा भने गाउँपालिकाको सहयोगमा आवश्यक पूर्वाधार निर्माणको काम भएको हो । 

पहिलो चरणमा सबैभन्दा दुर्गमबाट विद्यार्थी आउने विद्यालयमा छात्रावास निर्माण गरिएको उमाकुण्ड गाउँपालिका शिक्षा शाखाका ङावा शेर्पाले जानकारी दिए । 

महालंगुर मावि गुम्देलको छात्रावासमा अहिले १९ जना छात्रा–छात्र बस्दै आएका छन् । सो वडाको लाहाछेवर लगायतका माथिल्लो भेगका विद्यार्थी छात्रावासमा बसेर अध्ययन गरिरहेका शेर्पाले बताए । 

‘चौँरी गोठमा बस्ने अभिभावकका बालबालिका तथा विद्यालयबाट टाढा रहेका लाहाछेवर लगायतका क्षेत्रका बालबालिका छात्रावासमा नै बसेर पढिरहेका छन्’, शेर्पाले भने । 

त्यस्तै  सिद्धेश्वर माविको छात्रावासमा पनि २० जना विद्यार्थी बसेर अध्ययन गरिरहेका छन् । सो विद्यालयको छात्रावासमा पनि टाढाका विद्यार्थी बस्दै आएका छन् । गाउँपालिकाले छात्रावासको सरसफाइ तथा क्याण्टिन सञ्चालनको लागि एक–एक जना महिला र पुरुष कर्मचारी व्यवस्थापन गरेको छ । 

न्यूनतम शुल्क लिएर विद्यार्थीलाई क्याण्टिनमा खाना, खाजाको व्यवस्था गरिएको छ । अति विपन्न विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिले निःशुल्क बस्ने व्यवस्था मिलाएको छ ।  

गाउँपालिकाले गाउँपालिकाका ६ वटा मध्ये कम्तीमा चारवटा वडाका एक–एकवटा विद्यालयमा छात्रावास सञ्चालन गर्ने योजना बनाएको छ । वडा नं ४ को चण्डेश्वरी मावि प्रीति र वडा नं ६ को कैलेश्वर माविमा पनि छात्रावास सञ्चालन गर्ने योजना गाउँपालिकाको छ । 

यसरी विद्यालयमा छात्रावास सञ्चालन गर्दा टाढाका विद्यार्थीले विद्यालयमा नै बसेर पढ्न पाउने भएकोले बसाई सहज हुने र पढाइको गुणस्तर सुधारमा पनि सहयोग पुग्ने विश्वास गाउँपालिकाको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार