मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

जुम्लामा तालाबन्दी र दबाबमूलक आन्दोलन घोषणा

Ujyalosandeshonline 11566+ समाचार ( )
३० असार २०८२, सोमबार

मुगु । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जुम्लाबाट सुर्खेत सार्ने निर्णयको कडा विरोधमा जुम्लामा तालाबन्दी गरिएको छ । खानेपानी मन्त्रालयको असार २५ गतेको परिपत्रअनुसार सो कार्यालय श्रावण १ गतेदेखि सुर्खेतबाट सञ्चालन हुने जानकारी पाएसँगै जुम्लामा बसेको सर्वपक्षीय बैठकले तत्काल निर्णय संशोधन गरी कार्यालय जुम्लामै यथावत राख्न सरकारलाई माग गर्दै दबाबमूलक कार्यक्रम घोषणा गरेको हो ।

बैठकमा सहभागी सरोकारवाला निकाय, नागरिक समाज, युवाहरु र जनप्रतिनिधिहरुले उक्त निर्णयले जुम्लामा संचालित घौलिगाड वृहत खानेपानी आयोजना सहित २० भन्दा बढी आयोजना प्रभावित हुने बताउँदै गम्भीर चासो व्यक्त गरेका छन् ।

उनीहरुले नेपाल सरकार तथा कर्णाली प्रदेश सरकारले पछिल्लो समय एकपछि अर्को गर्दै जुम्लामा रहेका संघीय कार्यालयहरू क्रमशः सुर्खेत सार्ने रवैया अवलम्बन गरेको भन्दै घोर भत्र्सना गरेका छन् ।

उनीहरूले भूगोल, पहुँच र सकारात्मक विभेदको सिद्धान्तलाई कुल्चिँदै सुर्खेत केन्द्रित नीति ल्याउनु संघीयताको मर्म र संवैधानिक भावनाको उल्लंघन भएको ठहर गरेका छन् । दुर्गम तथा पिछडिएको कर्णालीको विकासका लागि संघीय सरकारका संरचनाहरू आवश्यक रहेकोमा त्यसको विपरीत भइरहेको कदमले यहाँका नागरिकलाई अझै बञ्चित बनाउने तर्कसहित विरोध जनाइएको हो।

बैठकले तत्काल कार्यालयमा तालाबन्दी गर्ने निर्णय लिएको छ भने नेपाल सरकार, खानेपानी मन्त्रालयलाई जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउने कार्य अघि बढाइएको छ। यदि सो निर्णय संशोधन नभए थप चरणबद्ध संघर्षका कार्यक्रम सञ्चालन गरिने चेतावनी पनि बैठकले दिएको छ ।

सर्वसम्मत रूपमा गरिएको उक्त निर्णयमा सहभागी सम्पूर्ण प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। आन्दोलनकारी पक्षले संघीय सरकारसँग चाँडो निर्णय सच्याएर कार्यालय जुम्लामै यथावत राख्न आग्रह गरेका छन्, नत्र परिस्थिति थप जटिल हुने चेतावनी दिएका छन ।

यता मुगुमा भने संघीय खानेपानी तथा ढल ब्यावस्थापन कार्यालय जुम्लाबाट मुगुमा सन्चालन भएको आयोजना कुनैपनि प्रभावकारी नभएको देखिन्छ । यी आयोजनाबाट सन्चालन भएका सबै खानेपानी ढल तथा अन्य काय उपभोक्त र कर्मचारीको मिलोमतोमा सम्पन्न हुने गरेको स्थानीयको गुनासो छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार