मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

आगलागी पीडितलाई गाउँपालिकाद्वारा राहत वितरण

Ujyalosandeshonline 12437+ समाचार ( )
५ चैत्र २०८०, सोमबार

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–१, पुरानागाउँमा शनिबार भएको आगलागीका पीडितहरूलाई गाउँपालिकाले राहत वितरण गरेको छ । पीडितलाई तत्काल आवश्यक पर्ने राहत र उद्धारका लागि गाउँपालिकाले राहत उपलब्ध गराएको हो । 

आगलागीबाट पीडित फणिन्द्र गौतम र देवी गौतमको परिवारलाई राहत उपलब्ध गराएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिए । विपद् व्यवस्थापन कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७५ बमोजिम गाउँपालिकाले पीडितहरूलाई तीस हजार रुपैयाँ नगद, ५० केजी चामल, ५ केजी दाल, दुई केजी नुन, ७५० ग्राम मसला, खाने तेल १० लिटर, चाउचाउ १ कार्टुन, प्याज २ केजी, आलु ५ केजी, चिनी २ केजी सिरक एक थान, डसना एक थान, तन्ना एक थान र त्रिपाल एक थान उपलब्ध गराएको हो । 

आइतबार पीडितहरूलाई गाउँमै पुगेर गाउँपालिका अध्यक्ष पाहिम, उपाध्यक्ष बलिराज इङनाम, वडा नं. १ का अध्यक्ष प्रेमराज फोम्बो, वडा नं. ३ का अध्यक्ष बुद्धि गुरुङ, वडा नं.६ का अध्यक्ष एवम् प्रवक्ता कृष्णप्रसाद बाँस्कोटा, प्रमुख प्रशासकीय अधिकृत निराज शर्मा लगायतले राहत वितरण गरे । 

शनिबार दिउँसो कोयाखोला नजिकको जंगलबाट अचानक सुरु भएको आगोले पुरानागाउँका चार परिवारका तीन घर र दुई वटा गोठ नष्ट गरेको थियो । 

आगलागीले गणेश गौतम, बलराम गौतम, देवी गौतम र गोविन्द गौतमका ३ वटा घर र एउटा गोठ जलेर नष्ट भएका थिए । गणेश गौतम र बलराम गौतमको घरमा बन्धकीमा फणेन्द्र गौतमको चार जनाको परिवार बस्दै आएको थियो । 

देवी गौतमको घरमा २ जना बस्दै आएका थिए । गोविन्द गौतमको घरमा भने काठपातमात्रै राखिएका थिए । आगलागीले एक करोड २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार