मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |
मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

बिपी मेमोरियल कप :
बंगलादेशको साइक र नेक्सस रूपन्देही विजयी

Ujyalosandeshonline 12431+ समाचार ( )
५ कार्तिक २०८१, सोमबार

भैरहवा ।  भैरहवामा जारी बिपी मेमोरियल कप टि२० क्रिकेट प्रतियोगिता अन्र्तगत तेश्रो दिन सोमबार भएको खेलमा बंगलादेशको साइक क्रिकेट एकेडेमी र नेक्सस रुपन्देही–११ नेपाल भैरहवामा जारी विजयी भएका छन् । 

साइक क्रिकेट एकेडेमीले श्रीलंका राज्य सेवा क्रिकेट संघ श्रीलंकालाई ८ विकेटले पराजित गरेको हो । साइकको यो लगातार दोस्रो जित हो भने श्रीलंकन टिमको लगातार दोस्रो हार । नेक्सस रुपन्देहीले पाकिस्तानको जावेद गोहार इन्टरनेशनल क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गर्दै जित निकालेको हो । प्रतियोगितामा नेक्ससको यो दोस्रो जित हो भने पाकिस्तानी टिम जावेद ईन्टरनेशनल क्रिकेट एकेडमीको लगातार तेस्रो हार हो ।

सोमबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा जितका लागि श्रीलंकन टिमबाट पाएको १ सय १३ रनको लक्ष्य बंगलादेशको साइक  क्रिकेट एकेडेमीले ११ ओभरमै २ विकेट गुमाएर १ सय १८ रन बनाउँदै सहजै भेट्टायो । उसको जितमा ३० बलमा २ छक्का र ७ चौकाको मद्दतमा मुनिम सानरिअरले ५१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, साद इन्ब मोशरफले २५, फैजलले नटआउट २२ र रकिब अहम्मदले अविजित १२ रनको योगदान गरे  । बलिङमा श्रीलंका राज्य सेवा क्रिकेट संघका रवि किरण र वाहिदले १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङको निम्तो पाएको श्रीलंकन टिमले निर्धारित खेलमा ६ विकेटको नोक्सानीमा १ सय १२ रनको सामान्य योगफल प्रस्तुत गरेको थियो । उसका लागि नानी वासुपल्लीले अविजित ५४ रन बनाए पनि जितका लागि पर्याप्त भएन । यस्तै, राज विरले ३२ रन बनाए भने दुई खेलाडी शुन्य रनमा पेभेलियन फर्किंदा चार खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा साइक क्रिकेट एकेडेमीका मोहम्मद रफी र सहदाज रहमानले २–२ तथा रकिब अहमदले १ विकेट हात पार्न सफल भए । 

सोमबार नै भएको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानको जावेद ईन्टरनेशनल क्रिकेट एकेडमी १८ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८० रनमै समेटियो । उसलाई सस्तैमा रोक्न बलिङमा नेक्सस रुपन्देहीका शाहब आलमले ३ ओभर १ बलमा १० रन खर्चेर ४ विकेट लिए । यस्तै, बसिर अहम्मदले ३, दिपेश कँडेलले २ तथा कृष्ण कार्कीले १ विकेट लिए । जावेद ईन्टरनेशनल क्रिकेट एकेडमीका सामोनले सर्वाधिक १६ रन बनाउँदा इमरान नाजिरले १२ र अली हुसेनले १० रन जोडे । अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

८१ रनको झिनो लक्ष्य पछ्याएको नेक्सस रुपन्देहीले ११ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै जित निकाल्यो । उसका लागि सुमित महर्जनले अविजित २८ र मिर्नाल गुरुङले नटआउट २० रन बनाए । नेक्ससले २१ रन त अतिरिक्त नै पायो । बलिङमा जावेद ईन्टरनेशनल क्रिकेट एकेडमीका जेम खानले ३ विकेट लिए । 

नेक्सस क्रिकेट एकेडेमीको आयोजना र रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिता कार्तिक १० गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा विजेता टीमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार