मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

अर्घाखाँचीमा लागुऔषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 12441+ समाचार ( )
१८ कार्तिक २०८२, मङ्गलबार

अर्घाखाँची । अर्घाखाँची जिल्ला प्रहरी कार्यालयको आयोजनामा "समुदाय-प्रहरी साझेदारी" कार्यक्रम अन्तर्गत सन्धिखर्क नगरपालिका वडा नं. ०१, हटारीस्थित युवावर्ष जनता रविचित्र माध्यमिक विद्यालयमा लागुऔषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी एक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत करिब ९० जना विद्यार्थीको सहभागिता रहेको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सङ्गीत परियारले प्रशिक्षण दिनुभएको थियो । उहाँले लागुऔषध दुर्व्यसनका नकारात्मक असरहरू, यसबाट बच्ने उपायहरू र समाजमा यसको न्यूनीकरणका लागि विद्यार्थी तथा समुदायको भूमिकाबारे विस्तृत जानकारी गराउनुभयो।

कार्यक्रमको मुख्य उद्देश्य युवा पुस्तालाई लागुऔषध दुर्व्यसनको दलदलमा फस्नबाट बचाउनु र यस विषयमा सचेतना फैलाउनु रहेको प्रहरीले जनाएको छ । "समुदाय-प्रहरी साझेदारी" कार्यक्रम अन्तर्गत यस्ता जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालयले बताएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार