मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

भारतीय कुखुरा तस्करीले नेपाली किसान विस्थापित, 'जेन जी' युवाले थाले प्रतिकार

Ujyalosandeshonline 12441+ समाचार ( )
२४ अशोज २०८२, शुक्रबार

नवलपरासी । नवलपरासी जिल्लामा चोरी तस्करी बढेपछि अहिले गाउँ-गाउँमा 'जेन जी' समूहका युवाहरू यसलाई नियन्त्रण गर्न सक्रिय भएका छन्। पटक-पटकको चेतावनीलाई तस्करहरूले बेवास्ता गरेपछि रामग्राम १ सण्डाका जेन जी युवाहरूको समूहले तस्करी भइरहेका कुखुरा नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको छ।

भारतबाट मोटरसाइकलमा चोरी तस्करी गरी ल्याउँदै गरेको अवस्थामा रामग्राम १ सहुवाटिकर र सण्डा गाउँको बीचमा तस्करहरूलाई नियन्त्रणमा लिने प्रयास गरिएको थियो। तस्करहरूले केही कुखुरा फालेर र केही लिएर भागेको युवाहरूले बताए। फालिएका कुखुरा प्रहरीलाई जिम्मा लगाइएको थियो। स्थानीय बासिन्दाले प्रहरीको संलग्नतामा तस्करी भइरहेको आरोप लगाएका छन्, किनभने सिमा क्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरीका चौकी र बीटहरू हुँदाहुँदै पनि तस्करी निर्वाध रूपमा चलिरहेको छ।

चाडपर्वको समयमा सिमा क्षेत्रमा चोरी तस्करी झन् बढेको छ। युवा समूह र स्थानीय बासिन्दाले प्रहरीले नै मोटरसाइकलमा लोड गरिएका सामान राजमार्गसम्म पुर्याउन सघाउने गरेको आरोप लगाएका छन्। उनीहरूका अनुसार भारतीय कुखुराको तस्करीले नेपाली कुखुरापालक किसानहरू विस्थापित भइरहेका छन् र पेशा छाडेर वैदेशिक रोजगारीमा जान बाध्य छन्।

एक स्थानीयका अनुसार, प्रहरीका घुमुवाहरूले तस्कर र ड्युटीमा रहेका प्रहरीसँग समन्वय गरी तस्करीलाई सहज बनाउँछन्। घुमुवा प्रहरीले फोनमार्फत ड्युटीमा रहेका प्रहरीलाई जानकारी दिएपछि उनीहरूले फरक रुटमा गएर तस्कर हिँड्ने बाटो खुला गरिदिन्छन्, जसले गर्दा तस्करहरूले सजिलै सामान राजमार्गसम्म पुर्याउँछन्। सनई, रगरगँज, पडरी, गेर्मी, रामपुरवा, तोनवा ,गोपालपुर लगायतका नाकाबाट कुखुरा तस्करी हुने गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार