मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

मर्चवारीमा एचपिभी खोप फागुन १ गते देखि, २६६४ जनालाई खोप दिइने

जैसमोहम्मद खान 74+ समाचार ( )
२८ माघ २०८१, सोमबार

मर्चवार । मर्चवारी गाउँपालिकामा फागुन १ गते देखि ६ गतेसम्न पाठेघरको क्यान्सर बिरुद्दको खोप एचपिभी खोप अभियान २०८१ सन्चालन गरिने भएको छ । 

आइतबार बसेको पालिका स्तरिय खोप समन्वय समितिको अन्तरक्रिया कार्यक्रममा फागुन १ गते देखि अभियान सन्चालन गर्ने निर्णय गरेको हो । रुपन्देही जिल्लामा माघ २२ गते देखि यो अभियान सन्चालनमा रहेको छ । दुई चरणमा सन्चालन गरिने अभियान अन्तर्गत मर्चवारी गाउँपालिकामा जिल्ला स्तरिय खोप समन्वय समितिले दोश्रो चरणमा अभियान सन्चालन गर्ने निर्णय गरेको थियो । 

मर्चवारी गाउँपालिकामा अभियान अन्तर्गत २ हजार ६ सय ६४ जना बालिका तथा किशोरीहरुलाइ खोप दिइने पालिकाका स्वास्थ्य शाखाका प्रमुख फेकन साहले जानकारी दिए । कक्षा ६ देखि कक्षा १० सम्मका किशोरी र विद्यालय नजाने १० वर्षदेखि १४  वर्षसम्मका किशोरीहरुलाई खोप लगाउने कार्यक्रम रहेको उनले बताए । 

स्वास्थ्य शाखा प्रमुख फेकन साहको अध्यक्षता खोप समन्वय समितिका अध्यक्ष गया प्रसाद बरईको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा समन्वय समितिका सदस्य तथा वार्ड नं १ का वडाध्यक्ष कृष्ण कुमार सिंह,वडा नं २ का शशीदयाल चौधरी,वडा नं ३ का जनार्दन यादव,वडा नं ४ का ओम प्रकाश चौधरी,वडा नं ५ का कृष्ण कुमार सिंह,वडा नं ६ का राम सेवक खरविन्द,वडा नं ७ का  गणेश चौधरी लगायत कार्यपालिका सदस्यहरु, पत्रकार तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन स्वास्थ्य शाखाका सि अहेब पुरुषोत्तम घिमिरेले संचालन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार