बाजुरा । गौमुल गाउँपालिका वडा नम्बर १ माडीकी मैना बोहराले आफ्नै घरमा राडीपाखी बुन्छिन् । गाउँमै आत्मनिर्भर बन्न उनले विगतदेखि राडीपाखी बुन्दै आएकी हुन् । राडीपाखी बेचेर राम्रो आम्दानी समेत हुने गरेकाले घरखर्च चलाउन सहज हुने भएको उनको भनाइ छ ।
गौमुलमा हरेक महिलाहरु पेशा व्यवसायमा जोडिएका छन् । यहाँका उद्यमी महिला, बुढाबुढी मात्रै होइन् माडीलगायत गाउँपालिकाका सवै गाउँका अन्य स्थानीयले पनि व्यावसायिक रूपमा भेडापालन गरी राडीपाखी उत्पादन गरिरहेका छन् । कृषिबाट राम्रोसँग हातमुख जोर्न नपुगेपछि यहाँका प्रत्येक नागरिक व्यवसायिक रुपमा पेशामा आबद्ध छन् ।
गौमुलका स्थानीयको मुख्य पेशा भेडा पालन, जडीबुटी व्यवसाय हो । भेडाको ऊनबाट कम्बल, फेरुवा, पाखी, बुनेर उनीहरुले जीविकोपार्जन गरिरहेका छन् । राडीपाखी व्यवसायमा गौमुलका महिलाहरुको आकर्षण बढ्दो छ ।
बुनिरहेका बोल्या, कम्बल पाखी स्थानीय बजार तथा गाउँ घरमा दुई हजारदेखि पाँच हजारसम्म विक्री हुने गरेको बोहोरा बताउँछिन् । ‘भेडाको ऊन,त्यस्तै अल्लो धागो निकालेर बुनाई गर्दा धेरै दुःख हुने गरेपनि व्यवसायिक रुपमा आत्मनिर्भर हुन पेशा राम्रो हुने गरेको छ ।’
गाउँपालिकाका अधिकांश परिवारको मुख्य पेसा, पशुपालन (भेडा,बाख्रा) व्यवसाय गरिरहेका छन् ।भेडाबाख्राबाटऊननिकालेरउनीहरुलेबोल्या, काम्ला लगायतका राडीपाखी बुन्ने गरेका छन् । गाउँपालिका का बस्तीमा भेडापालन व्यवसाय फस्टाउँदै गएको छ । भेडाकोऊनबाटस्थानीयपहिरनलिउ, फेरुवा, पाखो, कम्मल लगायत सामग्री उत्पादन हुने गरेको छ ।
एउटा बोल्या, कम्बल बनाउन न्युनतम १०÷११ दिन जती लाग्ने गरेको कला रोकायाले बताइन् । उनले भनिन्,‘राडीपाखी व्यवसाय झन्झटिलो भएपनि व्यवसायिक रुपमा राम्रो छ । आफ्नो घरमा भेडा पाल्न, अल्लो, भागोको धागा निकाल्न सकिएको खण्डमा राडीपाखा व्यवसाय फस्टाउने देखिन्छ ।’ अहिले समय परिवर्तनको दौरानमा मानिसहरु पनि परिवर्तित हुदै विलासी जीवन जिउने हुँदा यस्ता परम्परागत सीप, प्रविधि, सामाग्रीहरु लोप हुँदै गइरहेकोप्रति उनले दुःख व्यक्त गरिन् ।
पछिल्लो समय चरन क्षेत्रको अभावमा ग्रामीण भेगमा भेडा पाल्न छाडिएको छ । जसले राडीपाखी व्यवसायसमेत संकटमा परेको छ । एक दशकअघि जिल्लाका ग्रामीण क्षेत्रमा प्रशस्त रुपमा भेडापालन गर्दै आएपनि पछिल्ला दिनहरुमा समय र चरन अभावका कारण व्यवसाय छाड्नेक्रम पनि बढेको छ । भेडाको मासु, ऊन, दूध र घ्यूबाट राम्रो आम्दानी गर्दै गर्न सकिन्छ ।