मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

प्रधानमन्त्री कप क्रिकेट :
बागमती ६९ रनले विजयी

Ujyalosandeshonline 12437+ समाचार ( )
४ चैत्र २०८१, मङ्गलबार

भैरहवा।  प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई  ५९ रनले पराजित गरेको छ । 

२८९ रनको लक्ष्य पाएको गण्डकी ४४ ओभरमा आफ्ना सबै विकेट गुमाउदै २१९ रन मात्र बनाउन सक्यो । गण्डकीका लागि सबै भन्दा बढी रन वंश क्षेत्रीले बनाए । उनले ९० बलको सामना गर्दै ४ चौका सहित ५५ रन बनाए । यस्तै समीर कंडेलले २६ रन, अमृत गुरुङ्गले २० रन, दिपक डुम्रे र कमल परियारले १९/१९ रन बनाउनुभयो ।

बलिङमा बागमतीका इशान पाण्डेले ६ ओभरमा २७ रन खर्चिदै ४ विकेट लिए । यस्तै शंकर गजुरेलले २ तथा रिजन ढकाल, गौतम केसी र सुर्य तामाङले समान १/१ विकेट लिए । 

यस अघि भैरहवा स्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २८८ रन बनाएको थियो । बागमतीका लागि ईशान पाण्डे र शुभ कंसाकार र विपिन आचार्यले अर्धशतक प्रहार गरेका थिए । ईशानले ८२ बलमा ६ चौकाको सहयोगमा ६९ रन बनाउदा शुभले भने ५१ बलमा ९ चौका प्रहार गर्दै ५२ रन बनाए । यसैगरि ४२ बल खेल्नुभएका विपिन आचार्य ७ चौका र २ छक्काको सहयोगमा अविजित ६३ रन बनाए । विवेक मगरले ३४ रन, र रिजन ढकालले अविजित २३ बनाए । 

बलिङमा गण्डकीका अर्जुन कुमालले ४ विकेट, विपिन क्षेत्री र सुवास भण्डारीले समान २/२ विकेट लिए । 

प्रतियोगितामा ५ खेल खेलेको गण्डकी १ मा जित र ४ मा हार गरि २ अंक लिएर अंकतालिकामा आठौं स्थानमा रहेको छ भने ५ खेल खेलेको बागमती ३ मा जित र ३ मा हार गरि ४ अंक लिएर अंकतालिकामा छैठौं स्थानमा उक्लेको छ ।

भोलीको खेल भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा नेपाल पुलिस र गण्डकी प्रदेश  तथा एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशको बिचमा हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार