मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

उड्डन क्षेत्रलाई व्यवस्थित बनाउन सक्रिय छौं : मन्त्री पाण्डे

Ujyalosandeshonline 12431+ समाचार ( )
२३ पौष २०८१, मङ्गलबार

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन सम्बन्धमा छलफल भएको छ । मंगलबार सिंहदरबार स्थित समिति सभाहलमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल भएको हो ।

छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जहाजहरु खरिद् गर्दादेखि नै नेपाल एयरलाइन्समा विभिन्न समस्याहरु देखिइनै रहेको भन्दै सञ्चालन गर्ने मोडालिटीमा पारदर्शिता देखि टिकट विक्री वितरण सम्ममा पारदर्शीता देखाउनेगरी काम गर्ने उपाय खोज्नमा लागि परेको जानकारी दिए । 

उनले भने,‘पटक–पटक नेपाल एयरलाइन्सका विभागीय प्रमुखहरुसँग,कार्यकारी  अध्यक्ष सँग छलफल गरिरहेको छौं । हाम्रा जहाजहरु खरिद् गर्दा देखि नै विभिन्न मुद्दा वा विषयमा विभिन्न विवादहरु चलिरहेको विषय साथै सञ्चालन गर्ने मोडालिटीमा पारदर्शिता देखाउनु पर्ने एवम टिकट विक्रीमा देखिएका समस्याहरु समाधान खोजिरहेका छौं ।

त्यस्तै समिति सदस्य सुनितन बरालले  नेपाल एयरलाइन्सको काउन्टरमा हुने सामान्य व्यवहारलाई पनि प्रश्न गर्नुपर्ने ठाउँमा पुग्नु दुखद् रहेको बताइन् ।

वायु निगम एउटामात्र बाटोले सेवाहरुसँग जोडिने विषय नभएकाले कर्मचारीहरुलाई टिकाइ राख्नको लागि र निरन्तर प्रभावकारी बनाउन गर्नुपर्ने काममा कति निगमले प्रयास गरेको भन्ने कुरा पनि आउनुपर्ने बताइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार