मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

उपनिर्वाचन मतदान सकियो, आजै रातिबाट परिणाम आउने

Ujyalosandeshonline 11564+ समाचार ( )
१६ मंगशिर २०८१, आइतबार

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया सम्पन्न भएको छ । आज(आइतबार) बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो ।

निर्वाचन आयोगले सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएको जनाएको छ । आइतबार दिउँसो ४ बजेसम्म ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आज २९३ मतदान केन्द्रबाट मतदाताले मतदान गरेका छन् । आज रातिबाट नै परिणाम आउन सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ ।

तीन जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । जस अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएका हुन् भने रुकुम पूर्व जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत् घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार