बेनीघाट–तातोपानी सडक खुलाउने काम सम्पन्न

Ujyalosandeshonline 12588+ समाचार ( )
९ कार्तिक २०८३, आइतबार

काठमाडौँ । बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्न भएको छ ।पूर्वाधार विकासमन्त्री सुनील लम्सालले दिनुभएको जानकारीअनुसार खोर्लाबेँसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न भएपछि तातोपानी र आसपासका क्षेत्रमा सडक सफा गर्ने काम अघि बढाइएको थियो ।

बाढीले थुपारेको ढुङ्गा, माटो तथा गेग्रान हटाउने कामसमेत सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।अब सडक स्तरोन्नतिका लागि आवश्यक अध्ययन तथा रेखाङ्कन गरी स्थायी रूपमा सडक निर्माणको काम अघि बढाइने मन्त्री लम्सालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार